मंसिर ०७, २०८१, शुक्रबार
               

'११ औं  क्विक्स लिटल च्याम्प्स इन्टरनेसनल' सम्पन्न

नेपाल फ्ल्यास
माघ १६, २०७६

ADVERTISEMENT

काठमाडौं । ११ औं  क्विक्स लिटल च्याम्प्स इन्टरनेसनल २०२० प्रतियोगिता सम्पन्न भएको छ ।

भक्तपुरमा सम्पन्न प्रतियोगितामा चार देखि १४ वर्षका २० जना बालबालिकाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा मिनी क्विक्स लिटल च्याम्प २०२० को उपाधि प्रिन्सा बाटीले जितिन् भने, रनर अप भने आमन कसपाल बन्न सफल भए ।

त्यस्तै, जुनियर क्विक्स लिटल च्याम्प २०२० को उपाधि सुप्रिया नगरकोटीले जितेकी छिन् । जेसिका रेग्मी भने रनअप बन्न सफल भइन् ।

सिनियर क्विक्स लिटल च्याम्प २०२० को उपाधि रिकेश खत्रीले जिते । रनरअप जस्मिन डंगोल बन्न सफल भइन् ।

त्यस्तै, मोस्ट पपुलरको उपाधि कोषराज आचार्य र आर्जन कसपालले जित्न सफल भए । फेसबुक भोटिङ र एसएमएस भोटिङको आधारमा उनीहरुले उक्त उपाधि जितेका हुन् ।

प्रतियोगिताको जजहरुमा गायिका तथा मेरिगोल्ड लायन्स क्लबकी अध्यक्ष सुनिता प्रधान, नेपाल टेलिभिजनकी कार्यक्रम प्रस्तोता तथा निर्माता निता सापकोटा र विङ्स मन्टेस्वरीकी सञ्चालिका तथा प्रिन्सिपल रञ्जना भण्डारी रहेको थिए ।

मोर्डन बोर्डिङ स्कुल भक्तपुर तथा कपिल कसपालको सहयोगमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अञ्जनादेवी मदिकर्मी सहभागी थिइन् भने, समाजसेवी तथा मोर्डन बोर्डिङ स्कुलका सञ्चालक बाबुकाजी कसपाल र समाजसेवी राज्यउलक्ष्मी शाक्यको समेत उपस्थिति थियो ।

मारिशा श्रेष्ठ र विपाश्ना खनालले कोरियोग्राफ गरेको इभेन्टमा कपिल कसपाल र मारिशा श्रेष्ठले होस्ट गरेका थिए ।

स–साना बालबालिकाहरूको क्याटवाकले हलका दर्शकलाई मन्त्रमुग्ध पारेको थियो । मर्निङ ग्लोरी इन्टरटेनमेन्टले विगत ११ बर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

मर्निङ ग्लोरीकी प्रबन्ध निर्देशक मोहना मोथे खनालका अनुसार प्रतियोगिताका बिजेताहरुले इजिप्टमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउने छन् ।

यसअघि सन् २०१९ मा इजिप्टमा भएको मिनी मोडल प्रतियोगितामा नेपालकी पाँच बर्षीया प्रिन्सा खड्का उत्कृष्ट भएकी थिइन् ।

लिटल च्याम्प्स इन्टरनेसनलमार्फत नेपाली बालबालिकाले आफ्नो प्रतिभा स्वदेशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउँदै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि