जेठ ०७, २०८१, सोमबार
               

नेपाल–चीन जोड्ने रसुवागढी सीमा बुधबारदेखि बन्द

नेपाल फ्ल्यास
माघ १५, २०७६

ADVERTISEMENT

काठमाडौं : रसुवागढी सीमानाका बुधबारदेखि बन्द हुने भएको छ । नेपाल र चीनका सुरक्षा तथा इमिग्रेसन अधिकारीबीचको छलफलमा केही दिन सीमानाका बन्द गर्ने सहमति भएको हो । 
‘चीनका विभिन्न भूभागमा नोबेल कोरोना भाइरस फैलिरहेको परिवेशमा हामीले १५ दिनका लागि सीमा बन्द गर्ने निर्णय गरेका छौें,’ नेपाल प्रहरीका डिएसपी इन्द्र प्रसाद सुवेदीलाई उद्ृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको छ । 
गत साता नेपालमा ३२ वर्षका एक व्यक्तिमा कोरोना भाइरस देखिएको थियो । उनी उहान प्रान्तबाट फर्किएका नेपाली विद्यार्थी हुन्, विशेषगरी उहानबाट आउने चीनियाँ पर्यटकमार्फत नेपालीहरुमा यो भाइरस सर्नसक्ने खतरा रहेको विज्ञहरु बताउँछन् । उहानबाटै यो भाइरसको संक्रमण फैलिएको थियो । अहिले जापान, दक्षिण कोरिया, युरोप तथा अमेरिकामा पनि संक्रमण फैलिएको छ । जापान र अमेरिका सरकारले उहानमा रहेका आफ्नो नागरिकलाई फिर्ता ल्याउनका लागि हेलिकोप्टरकै व्यवस्था गरेको छ । 
चीनमा यो भाइरस तिव्र रुपमा फैलिरहेको छ र अहिलेसम्म १ सय ३२ भन्दा बढीकोे ज्यान गइसकेको छ । चीनियाँ स्वास्थ अधिकारीले मंगलबार दिएको जानकारीअनुसार सोमबारसम्म ४ हजार ५ सय १५ जनामा भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । धेरै प्रजातीका भाइरसहरुको समुह हो, कोरोना भाइरस । यसबाट स्वासप्रस्वासमा समस्या, रुघाखोकी, बिरामी हुनेलगायत विभिन्न समस्या देखिन्छ । अहिले फैलिएको कोरोना भाइरस नयाँ हो । यसलाई नोबेल कोरोना भाइरस भनिएको छ ।  


 


कस्तो लाग्यो ?

यो पनि