मुगु । रारा ताल नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा परिचित छ ।
मुगु जिल्लामा रहेको रारा ताललाई तत्कालिन राजा महेन्द्र बीरबिक्रम शाहले विस २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए ।
राजा महेन्द्रले अप्सरा नाम दिएपछि राराको झन् महत्व बढ्दै गएको किम्बदन्ती छ । रारा ताल समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा छ ।
वरिपरि जंगलको बीचमा रहेको राराको भ्रमणमा आउनेहरु घण्टौं समय बितेको पत्तो पाउँदैनन् ।
ताल नै यति फराकिलो छ, पूरै एक फन्का लगाउन पाँच घन्टा लाग्छ ।