जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ तीन दिनको मौसम
काठमाडौंमा वर्षाको सम्भावना

नेपाल फ्ल्यास
माघ १५, २०७६

mausam-weather
ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

जसका कारण देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागहरुमा आंशिक बदलीको अवस्था छ ।

बुधबारको मौसम

बुधबार दिउँसो देशको पश्चिम तथा मध्य भूभाग लगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य वदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने छ । पश्चिमी र मध्य भूभागका धेरै स्थानमा र पूर्वी भेगका केहीं स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको संभावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा भारी हिमपातको संभावना छ ।

बुधबार राति देशभर सामान्य देखि पूर्ण बदली  रहनेछ । पश्चिमी र मध्य भूभागका अधिकांश स्थानहरु र पूर्वी भूभागका केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको संभावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना छ ।

बिहीबारको मौसम 

बिहीबार देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भूभागका केही स्थान र पश्चिमी भूभागका १–२ स्थानमा हल्का वर्षाको संभावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने छ।

शुक्रबारको मौसम

शुक्रबार देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको संभावना छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ महाशाखाले जनाएको छ ।

काठमाडौंमा आजको मौसम 

बुधबार बिहान काठमाडौं उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ। 

मौसमविदका अनुसार आज दिउँसो काठमाडौंमा चर्को घाम लाग्ने सम्भावना कम छ। घाम लाग्ने, बादल लाग्ने र अपराह्नतिर हल्ला वर्षासमेत हुनसक्ने सम्भावना छ ।

यसैबीच, पश्चिमी न्यून चापीय प्रणालीका कारण तराईमा हुस्सु कुहिरो लाग्न छाडेको छ।


कस्तो लाग्यो ?

यो पनि