जेठ ०७, २०८१, सोमबार
               

राजधानीमा बर्षा, भोलिदेखि मौसममा क्रमिक सुधार आउने

नेपाल फ्ल्यास
माघ ०३, २०७६

ADVERTISEMENT

काठमाडौं । देशभर चिसोको कारण जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहीबारदेखि बर्षा भइरहेको छ । आज शुक्रबार दिनभर पनि बर्षा हुने मौसम विभागले जनाएको छ ।

यतिबेला देशका अधिकांश भागमा पानी परिरहेको विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भागमा हिउ परेको र अझै बाक्लो रुपमा हिउ पर्ने अनुमान विभागको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ । मौसममा शनिबारदेखि क्रमश सुधार हुँदै जाने अनुमान छ ।

मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि