जेठ ०७, २०८१, सोमबार
               

टेलिभिजन सेलिब्रेटी भूषण दाहालले किन छोडे कान्तिपुर ?

नेपाल फ्ल्यास
पुस २९, २०७६

ADVERTISEMENT

काठमाडौं । कान्तिपुर टेलिभिजनका एजीएम भूषण दाहालको राजीनामाले अहिले नेपाली संचार क्षेत्र तरंगित भएको छ ।

झण्डै १७ वर्ष योगदान गरेर दाहाल सोमबारमात्र कान्तिपुर टेलिभिजनबाट विदा भएका छन् । 

उनको विदावरीको कारण भने अझै खुलेको छैन । पुस २४ गते राजीनामा गरे पनि उनले राजीनामा माघ १ गतेदेखि लागू हुने गरी दिएका छन् ।

यसबीचमा आधा दर्जनजति समाचार विभाग प्रमुख हेरफेर भए पनि दाहालको भने पद, सुविधा र प्रतिष्ठा बढ्दैआएको थियो । तर एकाएक विदावरी भएपछि त्यहाँ कार्यरत कर्मचारी र पत्रकार तरंगित भएका छन् ।

भूषण दाहाल कान्तिपुरका एजिएममात्र थिएनन् । उनी नेपाली टेलिभिजनका टावर पर्सनालिटी पनि थिए । टेलिभिजनको गहना मानिए पनि उनको यात्रा टुंगिएको छ । 

यसबीचमा दाहाललाई अन्य टेलिभिजनबाट पटकपटक अफर आए पनि उनले कहिल्यै कान्तिपुर टेलिभिजनका प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई छोड्न चाहेनन् ।

भूषण दाहालको विदाइसँगै नेपाली टेलिभिजनको सबैभन्दा लामो कार्यक्रम फायरसाइडको भविष्य के हुने भन्ने प्रश्न उठेको छ । दाहालले स्थापनाकालदेखि नै समसामयिक टक शो कार्यक्रम फायरसाइड चलाउँदैआएका थिए ।

कान्तिपुरमै कार्यरत पत्रकार तथा कर्मचारी तीन छक्क परे पनि दाहालको विदावरीबारे न त व्यवस्थापन बोलेको छ न त दाहाल स्वयंले केही खुलाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि