जेठ ०७, २०८१, सोमबार
               

पापिस्ट पास्टर, परमेश्वरको डर देखाएर बलात्कार

नेपाल फ्ल्यास
पुस २९, २०७६

ADVERTISEMENT

ललितपुर । परमेश्वरको डर देखाएर अनुयायी महिलालाई पटकपटक बलात्कार गर्ने पापिस्ट पास्टर प्रहरीको फन्दामा परेका छन् ।क्रिश्चियन धर्मका गुरु अर्थात पास्टर ध्रुवबाबु जोहीलाई प्रहरीले पक्राउ गरेको हो । 

निजले आफ्नै अनुयायी महिलालाई परमेश्वरको त्रास देखाएर पटकपटक बलात्कार गरेका थिए ।

उनले चर्चमा प्रार्थना गर्न आउने एक महिलालाई परमेश्वर र पापको डर देखाई ३ महिनादेखि बलात्कार गर्दैआएका थिए ।

ललितपुरको चापागाँउमोडस्थित एक गेस्ट हाउसमा बोलाएर पीडकले पहिलोपटक जवरजस्ती करणी गरेका थिए । त्यसपछि उनले अनुयायी महिलालाई यो कुरा अरुलाई भनेमा परमेश्वरले नाश गर्नेछन् भनी त्रासमा पारेका थिए ।

दोस्रोपटक महिला आफैंले सञ्चालन गरेको पसलमा आएर पास्टर जोशीले जबर्जस्ती करणी गर्न खोज्दा आफूले अस्वीकार गरेका थिए । पीडितका अनुसार प्रतिवाद गर्न खोज्दा पहिला शारीरिक सम्पर्क भइसकेको कुरा हल्ला गरिदिने धम्की दिँदै जवरजस्ती गरेका थिए ।

पीडित महिला आफ्नो रोग निको हुने बहानामा पीडकको फन्दामा परेकी थियो । ललितपुरको मण्डली चर्चमा प्रार्थना गर्न गएको बेला पास्टर जोशीले नराम्रो काम गरेका कारण रोग लागेको र पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्नुपर्छ भनी त्रास देखाएको भन्दै पीडित महिलाले उजुरी दिएकी छन् ।

पछिल्लोपटक यही पुसको पहिलो साता पुनः आफ्नै पसलमा आएर परमेश्वरको त्रास र धम्की दिएर जोशीले जबर्जस्ती करण गरेको उजरी पीडित महिलाले दिएको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि