जेठ ०७, २०८१, सोमबार
               

सूचना प्रविधि विधेयक खारेजीको माग

नेपाल फ्ल्यास
पुस २८, २०७६

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खड्काले सरकारले ल्यएको सूचना प्रविधि विधेयक तत्काल खारेजीको माग गरेका छन् ।

परिवर्तनशील सहकारी संस्थाको सातौं वार्षिक साधरणसभामा खड्काले सूचना प्रविधि विधेयकले मानव स्वतन्त्रतामा संकुचन गर्ने आरोप लगाए ।

उनले २१औं सताब्दीमा मानवीय स्वतन्त्रता, मूल्य र मान्यता सबैभन्दा वहुमुल्य भएको बताउँदै विधेयक फरक मत र विचारधारा बोक्नेलाई तह लगाउने हतियारको रुपमा आएको बताए ।

केन्द्रीय सदस्य खड्काले कम्युनिस्ट सरकारले मुलुकको आर्थिक गतिविधि शुन्यमा झारेको तथा व्यापारी वर्गलाई कठिन अवस्थामा पुर्‍याएको बताए ।

उनले मुलुकको आर्थिक अवस्था रेमिट्यान्सको भरमा चलेको उल्लेख गर्दै रेमिट्यान्समै रमाउनु गलत हुने टिप्पणी गरे ।

साधारणासभामा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा डिवी बस्नेत, नेकपाका केन्द्रीय सदस्य गंगा कार्की र कार्यक्रमका सभापति मोहन कार्कीलगायतले आआफ्नो धारणा राखेका थिए ।

साधारणसभाले नयाँ कार्यसमिति गठनका साथै वार्षिक आय व्यय पारित गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि