म्याग्दी : अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका १ स्थि निस्कोटको एनसेल टावरमा आगजनी गरेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले टावरमा आगजनी गरेको प्रहरीको अनुमान छ ।
एनसेलको टावरमा शुक्रबार मध्यराति एक समूहले आगजनी गरेको हो । आजगनीबाट टावरका उपकरणहरूमा पूरै क्षति पुगेको छ ।
आगजनीपछि म्याग्दीको विम, रुम, देवीस्थान, ओखरबोट, दर्बाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार अवरुद्ध भएको छ ।
विप्लव समूहले एनसेलको टावरमा आगजनी गर्दैआएको छ ।