जेठ ०७, २०८१, सोमबार
               

घुम्न जाँदै हुनुहुन्छ, मौसमको ख्याल गर्नुस् है !

नेपाल फ्ल्यास
पुस २२, २०७६

ADVERTISEMENT

काठमाडौँ । तपाईँ नेपालभित्रै कतै घुम्न जाँदै हुनुहुन्छ ! मौसमको ख्यल गर्नुस् है । 

केही दिनको मौसम गढबढ हुन सक्ने संभावना छ । आजदेखि पश्चिमबाट पानी पर्न सुरु भई त्यसले देशैभर चिसो बढ्ने छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका कारण आज नेपालको पश्चिमी क्षेत्रमा मौसम बदली हुनेछ भने भोलि बुधबार राजधानी काठमाडौँलगायतका क्षेत्रमा पानी पर्ने छ।

इरान र अफगानिस्तान हुँदै भारतको जम्मु–कश्मीरमा विकसित चिसो वायुले नेपाल छिरेको हो। यसले आजैदेखि उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पार्नेछ।

पश्चिमबाट सुरु भएको चिसो र वर्षात् क्रमश पूर्वतर्फ सरिरहेको छ । आज मंगलबार मध्य र पूर्वी क्षेत्रका केही भागमा पानीसमेत पर्ने छ ।

आगामी शुक्रबारसम्म पानी र हिउँ पर्ने तथा चिसो अत्यधिक बढ्ने अनुमान गरिएको छ । अबको केही दिन जाडोबाट जोगिन तथा पदयात्रा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रको भ्रमणमा नजान उपयुक्त हुने छ ।


कस्तो लाग्यो ?

यो पनि