जेठ ०७, २०८१, सोमबार
               

केही सुध्रिएको मौसम फेरि चिसिँदै

नेपाल फ्ल्यास
पुस २१, २०७६

ADVERTISEMENT

काठमाडौं । आइतबारदेखि देशभर सुध्रदै गएको मौसम आज सोमबार साँझदेखि फेरि चिसिँदै जाने भएको छ ।

सोमबार साँझदेखि पश्चिमी वायुको प्रभाव पर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

केही अपवादबाहेक देशका अधिकांश भागमा आज दिउसो घाम लाग्ने छ।

तर त्यो घमाइलो धेरै समय नरहन सक्छ । पश्चिमी वायुको न्यून चापीय प्रणाली प्रवेश गर्ने र त्यसले उच्च पहाडी र हिमाली भेगमा हिमपात गराउने र देशैभर चिसो बढ्न सक्ने विभागको पूर्वानुमान छ । पश्चिमका केही स्थानमा वर्षासमेत हुने संभावना छ । चिसो भने देशैभर बढ्ने अनुमान विभागको छ ।

काठमाडौंको न्युनतम तापक्रम सोमबार बिहान १.६ डिग्री सेल्सियस विभागले मापन गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि