मंसिर ०७, २०८१, शुक्रबार
               

आलमका भिडियो प्रकरण : प्रहरीलाई फस्ने तनाव !

नेपाल फ्ल्यास
मंसिर ०४, २०७६

ADVERTISEMENT

काठमाडौं : निलम्बित सांसद् तथा नेपाली कांग्रेका नेता महोम्मद अफताब आलम अहिले पुर्पक्षका लागि थुनामा छन् । यही समय उनी पक्राउ पर्दा रेकर्ड गरिएको भिडियो सार्वजनिक भएको छ । त्यो भिडियोमा उनले प्रहरीलाई धम्क्इाएका छन् । भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृतलाई भने फस्ने डर छ । 
तीनवटा मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएका निलम्वित सांसद आलम र प्रहरी अधिकृतबीच भएको सम्वादको भिडियो सार्वजनिक भएपछि प्रहरी अधिकृत तनावमा छन् ।

असोज २६ गते बिहान आलमलाई पक्राउ गरी इद्रिसगेटदेखि गौर ल्याउने क्रममा जीपमा भएको भिडियो सम्वाद आलम पुर्पक्षका लागि जेल चलान भएपछि सार्वजनिक भएको हो ।

भिडियो सार्वजनिक भएको विषयमा प्रहरी अधिकारीहरू नै अन्यौलमा छन् । आलमलाई पक्राउ गर्न गएका एक प्रहरी अधिकृतले जीपमा आलमसँग सम्वाद गरेका थिए । आलमले प्रहरी अधिकृतलाई थर्काउँदै जिल्लामा आगो लगाइदिने समेत भनेका थिए ।

हाइप्रोफाइल व्यक्तिलाई पक्राउ गर्दा कसरी गरिएको थियो र उनी कुन अवस्थामा थिए, मानवअधिकार र प्रचलित कानुनको खिलाफमा गरिएको थियो की भन्ने बारेमा कुनै निकायले प्रश्न गर्दा प्रमाणको लागि जीपमै सम्वाद रेकर्ड गरिएको प्रहरीको भनाइ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


एक प्रहरी अधिकृतले भने, ‘हाइ प्रोफाइलका भीआइपीलाई पक्राउ गर्दा पछि जवाफ दिन सजिलो होस् भन्ने उद्देश्यले यस्ता प्रमाण प्रहरीले राख्ने गर्छ ।’ जिल्ला प्रहरी कार्यालयले मुद्दाको अनुसन्धान पछि भिडियो जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय गौरमा बुझाएको थियो ।

भिडियो कसरी बाहिरियो भन्नेमा आफूहरू अचम्ममा परेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नवीन कार्कीले बताए ।

भिडियोका कारण अनावश्यक तनाव थपिएको उनले प्रतिक्रिया दिए । डीएसपी कार्की सोमबार बिदामा घर गएका छन् । आलमलाई कारागार चलान गरिएकै दिन जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटवाल र न्यायाधीश दीपक ढकाल पनि बिदामा बसेका थिए ।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय माग दाबीसहित कात्तिक १९ गते तीनवटा मुद्दा दर्ता भएको थियो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष, ज्यानमार्ने उद्योगमा १० र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय मागदाबी गरी जिल्ला सरकारी वकिलाको कार्यालयले मुद्दा दर्ता गरको थियो ।


कस्तो लाग्यो ?

यो पनि