कात्तिक १४, २०८१, बुधबार
               

जेलको भात खानकै लागि चोरी !

नेपाल फ्ल्यास
कात्तिक २१, २०७६

ADVERTISEMENT

रुकुम : हुनत् संविधानले प्रत्येक नेपालीलाई खाद्य सम्प्रभताको हक सुनिश्चित गरेको छ । संविधानको धारा ३६ मा खाद्य सम्बन्धी हकलाई मौलिक हकका रुपमा राखिएको छ । तर त्यो एकादेशको कथा नै होला जस्तो छ ।

पेटभरि खान नपाउने रुकुमका एक युवाले जेलमा बस्दा खान पाउने भएकाले पटकपटक चोरी गरेको बताएका छन् । चोरी अपराध हो । बहाना जेसुकै भए पनि त्यो क्षम्य छैन । तर राज्य संचालकका लागि यो घटना सोचनीय विषय भने पक्कै हो ।

चोरीको मुद्दामा तीन वर्ष सजाय भुक्तान गरेर फेरि चोरीमै प्रकाउ परेका एक अभियुक्तले प्रहरीलाई पेटभरि खानकै लागि चोरी गरेको बताएका हुन् ।

रुकुम पश्चिम मुसिकोट नगरपालिका- २ का राजु परियारले यस्तो विवशता सुनाएका हुन् । उनी २० वर्षका छन् । मोबाइल पसलमा चोरीको आरोपमा उनी पक्राउ परेका छन् ।

प्रहरीले उनीविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा अघि बढाएको छ ।


कस्तो लाग्यो ?

यो पनि