कात्तिक १४, २०८१, बुधबार
               

जनप्रतिनिधिको बलमा जग्गा कब्जा

नेपाल फ्ल्यास
कात्तिक १०, २०७६

ADVERTISEMENT

वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्।

युनाइटेड लजेस्टिक नेपाल (बिशाल ग्रुप)ले परवानीपुर सुक्खा बन्दरगाह बाइपास ६ लेन सडकखण्डमा करिब ८ कट्ठा जग्गा किनेको छ। त्यस जग्गा पछाडि लालपर्साको उक्त ऐलानी गौचरनको जग्गा रहेको छ।

ऐलानीपछि सोही कम्पनीको अर्को ठूलो किता जग्गा रहेको छ। आफ्नो २ वटा प्लट बिचमा पर्ने ऐलानी जग्गा कम्पनीले बलजफ्ती स्थानीय बाउन्सरको बलमा कब्जा गर्न लागेको छ।

त्यहाँका वडाध्यक्ष अमानत अन्सारीले उक्त गतिबिधिमा सघाएको स्थानीयले आरोप लगाएका छन्। वडा अध्यक्ष अन्सारीले करिब ६ महिना अगाडि नै गाउँमा सर्वपक्षीय भेला गराई उक्त ऐलानी जग्गामध्ये केही भाग कम्पनीलाई दिन प्रस्ताव गरेपछि भेलाले प्रस्ताव अस्वीकार गरेको थियो।

अहिले भने वडा समिति वा महानगरपालिकाको कार्यालयसंग बिनाकुनै बैधानिक सहमति कम्पनीका मान्छेले बलजफ्ती उक्त ऐलानी जग्गामा माटो खसाल्न थालेका छन्। स्थानीय युवाहरुले भने यसको बिरोध गरेपछि गाउँमा मुडभेडको अवस्था बनेको छ। यो खबर आजको नागरिकले छापेको छ ।

‘हो मैले गाउँकै स्कुलमा सो भेला बोलाएको थिएँ, स्कुलको लागि आवश्यक पर्ने सो नजिकै रहेको एउटा जग्गा कम्पनीले किनिदिने र कम्पनी यहाँ संचालनमा आएपछि त्यसमा ६० प्रतिशत रोजगारी स्थानीयलाई नै दिने मौखिक सहमति जनाएको थियो, त्यसै प्रस्तावअनुसार अहिले ३० फिट चौडा मात्र जग्गा बाटोको रुपमा कम्पनीलाई प्रयोग गर्न दिने मैले भनेको छुँ’, वडाध्यक्ष अन्सारीले भने, ‘लिखित रुपमा मैले जग्गा उपभोग गर्ने भनेर दिएको छैन, अहिले बिरोध आइरहेको छ, अब गाउँका मान्छेलाई विकास नै चाहिएको छैन भने मेरो के लाग्छ र ?’

उक्त बैठकमा अधिकांशगाउँलेले कम्पनीलाई जग्गादिने प्रस्ताव अस्वीकार गरेपछि अहिले कसरी कम्पनीले कब्जा गर्न लागेको छ र वडाध्यक्षले कुनै प्रतिक्रिया नजनाएकोमा स्थानीय श्रीराम प्रसादले आपत्ति जनाए । 


कस्तो लाग्यो ?

यो पनि