कात्तिक १४, २०८१, बुधबार
               

रमेश खरेलको अन्तर्वार्ताले प्रभु साह यसरी तानिए विवादमा

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७६

ADVERTISEMENT

नेपाल प्रहरीका हक्की र निडर उच्च अधिकृत थिए रमेश खरेल । उनले आफू महानिरीक्षक नबनेपछि प्रहरी नायव महानिरीक्षक अर्थात् डिआइजीबाटै राजीनामा दिएका थिए ।

सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक बनाएपछि अपमानित भएर काम नगर्ने बताउँदै उनले राजीनामा दिएका थिए । 

काठमाडौँको प्रहरी प्रमुख हुँदा उनले डनहरूलाई तह लगाएका थिए । राजनीतिक नेता तथा मन्त्रीहरूलाई सलाम गर्दै बढुवाका लागि घरदैलो नधाउने बताएर उनी चर्चामा आएका थिए । उनले अपराधमा राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका थिए ।

सोमबार कान्तिपुर टेलिभिजनको फायरसाइडमा भुषण दाहाललाई दिएको अन्तर्वार्तामा उनले हाल नेकपा प्रदेश २ का प्रमुख प्रभु साह जोडिएको घटनाको बारे खुलासा गरेका थिए । 

के भनेका छन् त रमेश खरेलले ? उनले यस्तो भनेका छन् :

'म पर्साको एसपी हुँदा । काम गर्दै गइयाे । पक्का पुलिसङ गर्दै गइयो । कम्प्रमाइजिङमा काम गरिएन । मेरा इन्भेस्टगेटरहरुले के भने भने... लास्टमा मात्रै भने... उनीहरु इन्भेस्टिगेट गर्दैगर्दै गए र लाष्टमा मात्र भने । सर यो काशी, काशि तिवारी भन्ने हिन्दु केटो मारिएको थियो । मलाई भने- सर यो काण्डमा फलानो सिटिङ मिनिस्टरको पनि इन्भलमेन्ट छ । मैले राम्रोसँग हेर, गो अहेड भने । अनुसन्धानले जता लिड गर्छ त्यतै जाउ । दायाँबाँया हेर्नु पर्दैन । क्यालकुलेट गर्नु पर्दैन भने । त्यो बेलाको सिटिङ मिनिस्टर प्रभु साह हुनुहुन्थ्यो उहाँ । त्यो सिटिङ मिनिस्टर संलग्न भएको प्रतिवेदन हामीले सरकारी वकिललाई बुझायौं । त्यो बेला त मलाई सिटिङ मिनिस्टर जोडिँदा कति प्रेसर आयो होला ! कति ठूलो !'


कस्तो लाग्यो ?

यो पनि