कात्तिक १४, २०८१, बुधबार
               

सभामुखमाथि महिला दुर्व्यवहारको आरोपबाट उठेका प्रश्न

नेपाल फ्ल्यास
असोज १३, २०७६

ADVERTISEMENT

सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी एक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफ्नो निवासमै आएर सभामुखले असामान्य व्यवहार गरेको आरोप लगाएकी छिन् ।

सभामुखले भने कर्मचारी समायोजनमा बाहिर सरुवा भएको रिस पोखेको बताएका छन् । यो प्रकरणपछि किन केही प्रश्न उठेका छन् ।

१. आइतबार साँझ ती महिलाको निवासमा सभामुख किन पुगे ? ती महिलाका पतिसँगसमेत चिनजान भइरहेका सभामुख त्यहाँ किन बारम्बार गइरहन्थे ?

२‍. सभामुखको दुर्व्यवहारपछि ती महिलाले प्रहरीलाई खबर गरेको र त्यसपछि प्रहरी आएर आफ्नो घर तथा कोठाको फोटो र भिडियोसमेत खिचेको बताएकी छिन् । यति हुँदा पनि घटनालाई किन गुपचुप राख्यो प्रहरीले ?

३. आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाउने महिलाले किन लिखित जाहेरी दिइनन् ?

४. कर्मचारी समायोजनमा असन्तुष्ट भएकै कारण ती महिलाले नियोजित षड्यन्त्र गरेको भए किन निजलाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइएन ? मुलुकी अपराध संहिताले गलत नियतले कसैलाई फसाउन खोजे त्यस्तो व्यक्तिलाई पनि कारवाही गर्ने प्रावधान राखेकोमा त्यसलाई किन नजरअन्दाज गरिएको हो ?


कस्तो लाग्यो ?

यो पनि