कात्तिक १४, २०८१, बुधबार
               

पाँच अर्ब चोर्ने योजना विफल

नेपाल फ्ल्यास
असोज ०९, २०७६

ADVERTISEMENT

नेपालको बैंकिङ प्रणाली ह्याक गरी करोडभन्दा बढी रकम लुटपाट गर्ने चिनियाँ समूहलाई पक्राउ गरेको एक महिना बित्न नपाउँदै फेरि बैंक तथा वित्तीय संस्थाहरुबाट ५ अर्बभन्दा बढी रुपैयाँ ह्याक गरी विदेश लैजाने योजना विफल बनाउन नेपाल प्रहरी सफल भएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले नेपालका बैंक तथा वित्तीय संस्थाको प्रविधि ह्याक गरी ५ अर्ब रुपैयाँभन्दा धेरै रकम विदेश लैजाने योजनामा संलग्न १२ जनालाई बुधबार सार्वजनिक पनि गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ । अन्यको बारेमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो समाचार कारोबार दैनिकले छापेको छ ।

कृषि विकास बैंकको लहान शाखाबाट ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । यस्तै प्रहरीले उक्त घटनामा बैंककै कर्मचारीको पनि मिलेमतो हुनसक्ने भन्दै थप अनुसन्धान भइरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि