पछिल्ला तीन वर्षमा निजी मेडिकल कलेजहरूले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी गरेका छन् ।
सरकारले नै गठन गरेको छानबिन समितिले ठगीको यस्तो भयावह तस्बिर फेला पारेको हो ।
विदेशी विद्यार्थीबाट असुलिने रकमको विवरण त सरकारी समितिले पनि संकलन गरेको छैन ।
ठगीको यो आँकडा विदेशी विद्यार्थीबाट अवैध रूपमा असुलिएका रकम पनि जोडे झन् धेरै हुने समितिको अनुमान छ। यो खबर नयाँ पत्रिकाबाट लिइएको हो ।