कात्तिक १४, २०८१, बुधबार
               

प्रहरी हेडक्वाटरमै अख्तियारको छापा

नेपाल फ्ल्यास
असोज ०६, २०७६

ADVERTISEMENT

लत्ताकपडा, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदमा घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासनिक विभाग अन्तर्गतका आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको छ ।

प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलव्ध गराउन निर्देशन दिँदा अटेर गरिएकाले आफैँ गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जनाएको कान्तिपुर दैनिकका लागि मातृका दाहालले लेखेका छन् ।

भीभीआईपी, भीआईपीका लागि ३० वटा एस्कर्टिङ मोटरसाइकल खरिद, बुट, सर्ट, पाइन्ट, पिकअप भ्यान, मेसिन, औजार लगायतका समान खरिदमा अनियमिता भएको अख्तियारको आशंका छ ।

त्यसैगरी गुणस्तर परीक्षणमा फेल भएर फिर्ता गरिएका डीएम बुट स्वीकार गरेर अनियमितता गरिएको अख्तियारले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि