काठमाडौं असनको त्यौड माविकी शिक्षिका लक्ष्मी अर्याललाई सुत्केरी बिदा नदिएको घटनाका आरोपित प्रधानाध्यापक सुरेन्द्र केसीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
अर्यालको उजुरीपछि टेकुको महानगरीय प्रहरी परिसरले केसीलाई नियन्त्रणमा लिएको एसएसपी उत्तमराज सुवेदीले बताए। उजुरी दिएको १५ दिनेपछि केसी पक्राउ परेका हुन् ।
विद्यालयबाट बिदा स्वकृत नहुँदा संवेदनशील अवस्थामा पनि विद्यालय आउजाउ गर्नुपरेको थियो। केसीले मानवीय संवेदना नदेखाएकै कारण गर्भमै रहेको शिशुको मृत्यु भएको भन्दै अर्यालले भदौ २२ गते प्रहरीमा उजुरी दिएकी थिइन् । यो समाचार कान्तिपुर दैनिकले छापेको हो ।