जेठ ०२, २०८१, बुधबार
               

कर्णालीमा ३ वर्षमा २५५ जनाले गरे आत्महत्या, कारण गरिबी

नेपाल फ्ल्यास
भदौ २८, २०७६

ADVERTISEMENT

वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा। साथमा श्रीमती र दुई छोरी। सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे। कारण थियो- गरिबी ।

छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएको कान्तिपुर दैनिकले छापेको छ । ‘आम्दानीको अरू माध्यम भएन, ऋणको ब्जाय बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झुन्डिएर आत्महत्या गरेछ ।’

घनबहादुरजस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ। कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ७ सय २८ जनाले आत्महत्या गरेका छन्। तीमध्ये गरिबीका कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ ।


कस्तो लाग्यो ?

यो पनि