जेठ ०३, २०८१, बिहीबार
               

गुडिरहेको यात्रुबसमा आगलागी

नेपाल फ्ल्यास
भदौ २६, २०७६

फाइल फोटो
ADVERTISEMENT

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ ।

आगलागीबाट मानवीय क्षति भने भएको छैन । बसमा भने पूर्ण रुपमा क्षति पुगेको छ । 

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो । 

सबै यात्रुहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेमबहादुर केशीले जानकारी दिएका छन् ।
  
बसमा आगलागी भएको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको हो । आगलागीको कारण भने खुलेको छैन ।


कस्तो लाग्यो ?

यो पनि