जेठ ०३, २०८१, बिहीबार
               

फिरौती असुलीमा गृहमन्त्री वादलकै भाइको संलग्नता, परे पक्राउ

नेपाल फ्ल्यास
भदौ २६, २०७६

ADVERTISEMENT

गृहमन्त्री रामबहादुर थापा वादलका साइँला भाइ फिरौती असुलीको अभियोगमा पक्राउ परेका छन् ।

दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो ।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएको प्रहरीको दाबी छ । 

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौति संकलन तीव्र बनाएको सूचना पाएपछि सिआईबीले गत साउन अन्तिम साता उनका सहयोगी पवन खण्डका र सुरेन नगरकोटीलाई समातेको थियो । 

प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौति संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् । यसबारे विस्तृत खबर कान्तिपुर दैनिकले छापेको छ ।


कस्तो लाग्यो ?

यो पनि