जेठ ०२, २०८१, बुधबार
               

रवि लामिछानेलाई हिरासतमा राख्न निवेदन

नेपाल फ्ल्यास
भदौ २३, २०७६

ADVERTISEMENT

टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन माग गर्दै निवेदन परेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा धरौटीमा छुटेका रविसहित तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न निवेदन परेको हो ।

जिल्ला अदालत चितवनले धरौटी र साधारण तारेखमा छोड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले निवेदन दिएको हो ।

निवेदन पाटन उच्च अदालतको हेटौंडा इजलाशमा दिइएको हो ।

निवेदनउपर भोलि मंगलबार नै सुनुवाइ हुने भएको छ ।

रवि लामिछानेले धरौटी, घटनाबारे सार्वजनिक रुपमा बोल्न नपाउने तथा विदेश भ्रमणमा रोक लगाएकोलगायतका विरुद्ध निवेदन दिएपछि सरकारी वकिलको कार्यालयले यस्तो निवेदन दिएको हो ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको धरौटी र साधारण तारेखमा छोड्ने आदेश बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेको छ ।

सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै अभियोग पत्र दायर गरेको थियो । 

चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख र अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि