जेठ ०२, २०८१, बुधबार
               

रविको पक्ष र विपक्षमा बाँडियो जनमत, कसले के भने ?

नेपाल फ्ल्यास
साउन ३१, २०७६

ADVERTISEMENT

पत्रकार शालिकराम लामिछाने आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेको पक्ष र विपक्षमा जनमत देखिएको छ ।

सामाजिक संजाल फेसबुकमा बढीजसो रविको पक्षमा स्टाटस देखिन्छन् भने ट्वीटरमा भने उनको विपक्षीहरु अलि बढी सक्रिय छन् ।

प्रहरीले हिजो पक्राउ गरी लामिछानेलाई राति नै चितवन लगेको थियो । उनलाई थप अनुसन्धानका लागि अझै पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

रविसहित तीन जनाका कारण आत्महत्याको बाटो रोजेको भिडियो सार्वजनिक भएसँगै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । अभियोग प्रमाणित भए पचास हजार जरिवाना र पाँच वर्ष कैदसम्मको सजाय हुन सक्ने कानुनी प्रावधान छ ।

कसले के भने ?


कस्तो लाग्यो ?

यो पनि