बैशाख २५, २०८१, मंगलबार
               

पुत्रप्राप्तिको कामना गर्दै गोसाइँकुण्डमा तीन सय जोडी

नेपाल फ्ल्यास
साउन २६, २०७६

ADVERTISEMENT

पुत्रदा एकादशी पर्वका अवसरमा आइतबार हजारौं भक्तजनले गोसाइँकुण्ड पुगेका छन् । उनीहरुले कुण्डमा स्नान गरी भगवान् शिवको पूजाआराधना गरेका छन् ।

करिव तीन सय जोडीले गोसाइँकुण्डमा स्नान गरेका हुन् । धार्मिक विश्वास अनुसार उनीहरु पुन प्राप्तिको कामना गर्दै त्यहाँ पुगेका हुन् । गोसाइँकुण्डमा स्नान गरे भववान शिव खुसी हुने र पुत्र प्राप्ति हुने धार्मिक विश्वास रहीआएको छ ।

पुत्र प्राप्तिको इच्छा राख्ने दम्पतीले पुत्रदा एकादशीका दिन गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्ने गर्दछन् ।


जनै तथा डोरो बन्धन पूर्णिमाको दिन कुण्डमा चोपलेपछि कुनै मन्त्र उचारण गर्न नपर्ने मान्यता पनि रहेको छ ।
 
जनैपूर्णिमाको दिन पवित्र तीर्थको किनारमा तिथिश्राद्व गर्नाले दिवङ्गत पितृले आत्मसम्मान पाउने विश्वास पनि छ । यसो गरे पितृ सरासर स्वर्गलोकमा पुग्ने मान्यता रहिआएको छ ।

गोसाइँकुण्डमा स्नान र पूजा गरे शरीरको रोगव्याधी हट्ने, अञ्जानमा गरेका सबै पाप मोक्ष हुने जनविश्वास पनि छ ।


कस्तो लाग्यो ?

यो पनि