जेठ ०२, २०८१, बुधबार
               

धुवाधुलोबारे प्रधानमन्त्रीलाई सांसदको चुनौती : मेरो स्कुटरको पछाडि बसेर घुम्नुस्

नेपाल फ्ल्यास
असार १९, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ धुवा तथा धुलोमुक्त भएको दाबी गरिरहँदा सर्वसाधारणदेखि नेतृत्व तहका व्यक्तिहरूले त्यसलाई अस्वीकार गरेका छन् ।

त्यसक्रममा संसदका विकास समितिको बैठकमा यो एजेन्डाले प्रवेश पाएको छ।

समितिको बिहीबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्रीलाई चुनौती दिएकी छन् ।

काठमाडौँमा धुलो छैन भनेकोमा उनको कन्पारो तातेर आएको छ । बैठकमा उनले भनिन्- 'वातानुकूलित गाडी छोडेर मेरो स्कुटरमा चढ्नुस् । टाढा पर्दैन बन्स्थलीसम्म जाऊँ । मास्क लगाउनु पर्छ कि पर्दैन, अनि तपाईँ आफैँले भन्नु हुनेछ ।'

उनले हचुवाका आधारमा तथ्यविपरीत जे पायो त्यही नबोल्न प्रधानम्नत्री ओलीलाई आग्रह पनि गरिन् ।

मास्क लगाएर हिँड्ने दिन अन्त्य भएको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सामाजिक सन्जालरुमा कटाक्ष भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि