जेठ ०२, २०८१, बुधबार
               

प्रहरी र विप्लव कार्यकर्ताबीच सङ्खुवासभामा गोली हानाहान

नेपाल फ्ल्यास
असार १६, २०७६

ADVERTISEMENT

सङ्खुवासभामा नेपाल प्रहरी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताबिच गोली हानाहान भएको छ ।

घटनापछि काठमाडौँबाट त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इन्स्पेक्टर शेखरजंग मल्लको नेतृत्वमा सेनाको हेलिकप्टरमार्फत प्रहरी टोली संखुवासभा गएको हो । सशस्त्र प्रहरीका इन्स्पेक्टर उमेश थापाको कमाण्डमा टोली पनि संखुवासभा गएको छ । टोलीमा १० सशस्त्रसहित ४५ जना छन् ।

स‌ंखुवासभाको सिलिचोङ गाउँपालिका–१ होयङ्ला भन्ने ठाउँमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको हो । प्रहरीले विप्लव समूहका एक लडाकुलाई नियन्त्रणमा लिएको जनाएको छ।
अहिले सो क्षेत्रमा हेलिकप्टरमार्फत गस्ती गरिँदै छ ।

विप्लव समूहका कार्यकर्ता फायर गर्दै जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ। दुवैतर्फ मानवीय क्षति भने भएको छैन ।


कस्तो लाग्यो ?

यो पनि