जेठ ०२, २०८१, बुधबार
               

सर्लाहीमा प्रहरीकाे गोली प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

नेपाल फ्ल्यास
असार १५, २०७६

ADVERTISEMENT

बालुवा झिकेको खाल्डोमा परेर एक बालकको मृत्युलाई लिएर सर्लाहीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिकामा शनिवार एक बालकको मृत्यु भएको थियो । बालुवा झिकेको खाल्डोमा डुबेर बालकको  मृत्यु भएपछि राजमार्गमा प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

त्यसकम्रमा स्थानीय सत्यनारायण महतो गोली लागेर मृत्यु भएको हो ।  स्थानीय बासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए । अवरोध खुलाउने क्रममा प्रहरीमाथि आक्रमण भएपछि गोली चलाउनु परेको सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले बताए । घटनामा केही प्रहरी र केही सशस्त्र प्रहरी घाइते भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि