जेठ ०२, २०८१, बुधबार
               

सिरिन्ज आक्रमण गरी आतङ्क मच्चाउने पक्राउ

नेपाल फ्ल्यास
असार १३, २०७६

ADVERTISEMENT

काठमाडौँको विभिन्न स्थानमा 'सिरिन्ज आतङ्क' मच्चाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले रामेछाप घर भई नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्कीलाई शुक्रवार सार्वजनिक गरेको हो । कार्कीको बा ४७ प १३३१ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार राति १० बजे रेस्टुरेन्ट बन्द गरी सोह्रखुट्टे, टंकेश्वर, कालीमाटी हुँदै नैकाप फर्किने क्रममा बाटोमा भेटिएका महिलाहरूलाई रमाइलोका लागि ढलान किलाले घोप्टै हिँडेको कार्कीले स्वीकारेका छन् ।

कार्कीले महाराजगन्जमा फास्टफूड रेस्टुरेन्ट सञ्चालन गर्दै आएको खुलेको छ ।

केही समययता राजधानीमा आधा दर्जनभन्दा बढी महिला तथा युवतीमाथि यस किसिमको आक्रमण भएको थियो ।

उनले सिरिन्ज नभई सुरमा काठको सुइरो र पछि ढलान किलोले घोचेको बयान दिएका छन् । तर आक्रमण गर्नुको कारण भने ‘रमाइलो’का लागि भनेका छन् । उनको बयानलाई प्रहरी विश्वास गरिसकेको छैन र अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि