जेठ ०२, २०८१, बुधबार
               

एसईई परीक्षाफल प्रकाशित, सामुदायिक विद्यालयको अवस्था कमजोर

नेपाल फ्ल्यास
असार १२, २०७६

ADVERTISEMENT

यस वर्ष पनि एसईईमा सामुदायिकतर्को नतिजा कमजोर देखिएको छ । सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी सरह हुँदै गएको छ।

बिहीबार प्रकाशित एसईई नतिजामा प्रदेश ३ सबैभन्दा राम्रो देखिएको छ।

जीपीए अङ्क (३.६०–४.०) ल्याउने परीक्षार्थीको अङ्कका आधारमा प्रदेश ३ सबैभन्दा राम्रो र कर्णाली सबैभन्दा कमजोर देखिएको हो।

प्रदेश ३ बाट १० हजार ८६ परीक्षार्थीले उच्च जीपीए अङ्क ल्याएका छन्। कर्णाली प्रदेशबाट ०.४४ प्रतिशत परीक्षार्थीले मात्र उच्च जीपीए अङ्क ल्याउन सफल भए । त्यसपछि सुदूरपश्चिम प्रदेश कमजोरमा परेको छ, जहाँ ० दमलव ५ प्रतिशत परीक्षार्थीले उच्च जीपीए अङ्क ल्याएका छन् ।

प्रदेश १ बाट २ दशमलव ४५, प्रदेश ५ बाट २ दशमलव २२ तथा प्रदेश २ बाट १ दशमलव ४० परीक्षार्थीलेमात्र राम्रो अङ्क ल्याएका छन् ।

५० विद्यार्थीको परीक्षा रद्द

२०७५ सालको एसईईका ५० विद्यार्थीको नतिजा रद्द भएको छ । दुई जना विद्यार्थीको सबै विषयको नतिजा रद्द भएको छ । ४८ जनाको एउटा विषयको मात्रै नतिजा रद्द गरिएको हो।

केही केन्द्रमा परीक्षाको मर्यादा उल्लङ्घन भएको र मर्यादा विपरीत कार्य गर्ने एक जना र गलत विवरण भरेर आवेदन गर्ने एक जना गरी दुईजनाको सबै विषय रद्द गरिएको हो। कतिपय विद्यार्थीको सिम्बल नम्बर अस्पष्ट भएकाले नतिजा आएको छैन ।


कस्तो लाग्यो ?

यो पनि