बैशाख १३, २०८१, बिहीबार
               

टेलिभिजनको कार्यक्रम हेरेर रातारात करोडपति

एजेन्सी
असोज २२, २०७८

ADVERTISEMENT

कैयौं पटक मानिसलाई भाग्यले यसरी साथ दिन्छ, जसको स्वयम् उसलाई भरोसा पनि हुँदैन । अमेरीकाको दक्षिण कैरोलिनामा यस्तै एक घटना भयो । जहाँ एक व्यक्ति टेलिभिजनमा प्राप्त नम्बरको प्रयोग गरेर करोडपती बने ।

दक्षिण कैरोलिनाका एक व्यक्तिले लट्री ड्रइंगमा २ लाख यूएस डलर अर्थात करीब २ करोड ३८ लाख रुपैँया धनराशी जिते । यो नम्बर उनले एक टीभी शोबाट कपी गरेका थिए । उनले धनराशी जितेपछि टीभी शोलाई धन्यवाद दिएका छन् ।

अमेरिका टेलिभिजनमा लट्री नम्बरको शो आउँछ । यही शोबाट ति व्यक्तिले नम्बरको सेट बनाएका थिए । द साउथ कैरोलिना एजुकेशन लट्रीका अनुसार ति व्यक्तिले चेस्टरफील्डमा पिग्ली विगली स्टोरबाट ’पाल्मेटो कैश फाइभ’ टिकट किने र १–१०–१६–१७–१८ संख्या चुनेका थिए । यहि संख्याले उनलाई करोडपती बनाइदियो ।

विजेता बनेपछि ति व्यक्तिले टिकट किनेको पसललाई समेत २ हजार डलर कमिसन दिएका थिए । विजेताले आफुलाई गोप्य राख्न चाहेकाले उनका बारेमा धेरै कुरा सार्वजनिक गरीएको छैन ।

स्रोतः जी न्यूज


कस्तो लाग्यो ?

यो पनि