बैशाख ०७, २०८१, शुक्रबार
               

थाइल्याण्डको सडकमा बाँदरहरुको ‘ग्याङ फाइट’

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

एजेन्सी । थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए ।

यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज यति ठूलो थियो कि मानिसहरु डराएर गाडीभित्र नै लुकेर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।

भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए । जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भिडिरहेका थिए ।

यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो । यसका कारण घण्टौँ ट्राफिक जाम भएको थियो । यसअघि सन् २०२० को मार्चमा पनि यस्तै घटना देखिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि