बैशाख १३, २०८१, बिहीबार
               

बास्केटबल कोर्टजत्रो थियो होला विश्वकै ठूलो डाइनासाेर : अध्ययनकर्ता

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

अनुसन्धानकर्ताहरुले डायनासाेरबारे अनाैठाे खुलासा गरेका छन् । उनीहरुका अनुसार टाइटोनोसर प्रजातीका डाइनासोर झन्डै बास्केटबल कोर्ट जत्रो आकारका थिए । 

सन् २००७ मा अष्ट्रेलियामा भेटिएको टाइटोनोसर प्रजातीको डायनासोरको अवशेषको अध्ययन गरेपछि उनीहरु यस्तो निष्कर्षमा पुगेका हुन् । यसलाई महाद्वीपकै  सबैभन्दा ठूलो डायनासोर मानिएको छ । 

अनुसन्धानकर्ताका अनुसार संसारमा हालसम्म १५ सबैभन्दा ठूला डायनासोरबारे जानकारी उपलब्ध छ । तीमध्ये द अष्ट्रेलोटिटन कोपरेन्सिस वा द सदर्न टाइटन  (टाइटोनोसर) एक हो । विशेषज्ञले यी टाइटोनोसर प्रजाती ६. ५ मिटर अग्लो र ३० मिटरसम्म लामो भएको अनुमान गरेका छन् । यसको अर्थ यो हो कि यसको आकार लगभग एक बास्केटबल कोर्ट जति थियो होला । यसको अवशेष २००६ मा अस्ट्रेलियाको दक्षिण पश्चिम क्विन्सल्याण्डको अरोमंगाको एउटा खेतमा भेटिएको थियो ।

त्यसयता, वैज्ञानिकहरुले पछिल्लो एक दशकभन्दा बढी समयदेखि यसको अध्ययन गरिरहेका छन् । यसको हड्डीको स्क्यानको तुलना सरोपोड्स प्रजातीका डाइनासोरसँग गरेपछि वैज्ञानिकहरु यो फरक प्रजातीको रहेको निष्कर्षमा पुगेका थिए । त्यसपछि उनीहरुले यो प्रजाती टाइटोनोसर रहेको पहिचान गरे ।

सरोपोड्स के हो ?

सरोपोड्स विशाल आकारका डायनासोर थिए जो रुख, बोट बिरुवामा निर्भर थिए । उनीहरुको टाउकोको आकार सानो हुने गर्दथ्यो र उनीहरुको गर्धन लामो हुन्थ्यो । उनीहरुको पुच्छर मोटो र लामो हुन्थ्यो जबकी उनीहरुको खुट्टा खम्बाजस्तै हुन्थे ।

वैज्ञानिककका अनुसार यो डायनासोर लगभग ९‍ करोड ६० लाख वर्षअघि क्रेटेशियस कालका बेला महाद्वीपमा थिए होलान् ।

डाइनासोरबारे अध्ययन भने अझै जारी नै छ । 


कस्तो लाग्यो ?

यो पनि