बैशाख १४, २०८१, शुक्रबार
               

पत्ता लाग्यो जैविक प्रकाशधारी सार्क

नेपाल फ्ल्यास
फागुन १९, २०७७

ADVERTISEMENT

वैज्ञानिकहरूले न्युजिल्याण्डको तटनजिकै गहिरो समुद्रमा रहेका सार्कका तीनथरि प्रजातिमा अँध्यारोमा चम्किने क्षमता रहेको पत्ता लगाएका छन्।

सार्कका ती प्रजातिको नमुना न्युजिल्याण्डको पूर्वमा अवस्थित समुद्रको पिँध नजिकबाट गत वर्ष जनवरीमा  संकलन गरिएको थियो। काइटफिन सार्क भनिने तीमध्ये एक प्रजाति हालसम्म पत्ता लागेको सबैभन्दा  ठूलो प्रकाशधारी प्राणी भएको जनाइएको छ । जसको लम्बाइ १८० सेन्टिमिटरसम्म हुन्छ।

ब्ल्याकबेली ल्यान्टर्नसार्क र सदर्न ल्यान्टर्नसार्क भनिने अन्य दुई प्रजातिमा पनि जैविक प्रकाशधारी क्षमता देखिएको पुष्टि भएको छ। बिबिसी

यो पनि