बैशाख १४, २०८१, शुक्रबार
               

अचानक घर–घरमा धाराबाट रेड वाइन आयो

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

एजेन्सी । इटालीको मेनास्थित सेटेक्यानी गाउँका बासिन्दा आफ्ना घरका धाराबाट अचानक रेड वाइन आउन थालेपछि छक्क परेका छन् । वास्तवमा केही थोरै घर रहेको यस गाउँ नजिकको ‘क्यान्टिना सेटेक्यानी क्याटेलभेट्रो वाइन’ उत्पादनका क्रममा कारखानामा भएको प्राविधिक त्रुटिका कारण यो घटना घटेको हो ।

त्यहाँको बोटलिंङ लाइन बिग्रिँदा धाराबाट वाइन बग्न थालेको हो । यस घटनालाई लिएर क्षमा माग्दै वाइन कम्पनीले आफ्नो सबुकमा यस्तो लेखेको छ , ‘यो समस्या छोटो समयमै समाधान भयो । यसले जनस्वास्थ्यमा कुनै नराम्रो असर पर्ने छैन । बोटलिङ गर्न तयारी अवस्थामा रहेको वाइन मात्र खानेपानीको पाइपमा जोडिन पुग्दा यस्तो भएको हो । कम्पनीको लाम्ब्रुस्को ग्रास्पारोस्सा बोटलिङ लाइनमा गडबडी भएको हो ।’ 

इटालियन न्युज साइट ला कोर्रिएरेले बनाएको धाराबाट वाइन आइरहेको र सिंक पूरै वाइनले भरिएको भिडियो भाइरल हुन पुगेको छ । यस घटनालाई लिएर निकै रमाएकामध्ये एकजना स्थानीय बासिन्दाले ‘अर्कोपटक साँझ साढे सात बजे मात्र वाइन पठाउनुहोला’ भन्दै ठट्टा गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि