बैशाख १४, २०८१, शुक्रबार
               

कुकुरले एक हप्तासम्म अस्पतालबाहिर बिरामी मालिक कुर्‍यो

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

एजेन्सी । टर्कीमा एउटा कुकुरले झन्डै एक सातासम्म अस्पतालबाहिर आफ्नो मालिकलाई कुरेको खबर अहिले अन्तर्राष्ट्रिय सञ्चार जगतमा चर्चाको विषय बनेको छ । त्यस वफादार कुकुरले मस्तिष्क रोगको उपचार गराइरहेका आफ्ना मालिक डिस्चार्ज नहुन्जेल प्रतीक्षा गरेको थियो । 

‘बोन्कक’ नामक वर्णशंकर प्रजातीको सानो कुकुर र त्यसको ६८ वर्षीय मालिक सेमाल सेन्तुर्कको उत्तर–पूर्वी शहर ट्राब्जोनस्थित अस्पतालमा भएको भावुक पुनर्मिलनको दृश्य हेर्न लायकको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मस्तिष्कमा अचानक समस्या देखापरेपछि सेन्तुर्कलाई १४ जनवरीमा अस्पतालमा भर्ना गरिएको थियो । आफ्नो मालिकलाई राखिएको एम्बुलेन्सलाई पछ्याउँदै त्यो कुकुर अस्पताल पुगेको थियो । 
त्यसपछि प्रत्येक बिहान अस्पतालबाहिर गएर त्यसले मालिकलाई कुर्न थालेको थियो ।

कहिलेकाहिँ  अस्पतालका कर्मचारीहरूले त्यसलाई खाना ख्वाउने गरेका थिए । कसैलाई भुक्ने र टोक्ने स्वभावको नभएकाले र आफ्नो मालिकप्रतिको त्यसको माया र वफादारिता दखेर कसैले पनि त्यसलाई अस्पताल परिसरबाट नधपाएको बुझिएको छ ।

सेन्तुर्ककी छोरीले पटक–पटक त्यसलाई घरमै राख्न चाहेको तर त्यो सबैका आँखा छलेर भए पनि दौडेर अस्पताल पुग्ने गरेको बुझिएको छ ।    


 


कस्तो लाग्यो ?

यो पनि