बैशाख ०७, २०८१, शुक्रबार
               

गाईलाई खतरनाक जनावर मान्ने ठाउँ

नेपाल फ्ल्यास
पुस ०८, २०७७

ADVERTISEMENT

काठमाडौ‍ं । हिन्दू धर्ममा गाईलाई लक्ष्मी माता (गौमाता) मान्ने चलन छ ।

जीव वैज्ञानिकहरूले पनि गाईलाई इमान्दार जनावर रुपमा लिएका छन् । तर, बेलायतको लण्डन यस्तो एउटा यस्तो ठाउँ हो, जहाँ गाईलाई डरलाग्दो जनावर मानिन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बेलायतमा एक टनभन्दा बढी वजन भएका जनावरहरूले मानिसहरुलाई कुल्चेर वा ठक्कर दिएर ज्यानै लिने गर्दछन् ।

पछिल्लो १५ वर्षमा त्यहाँ गाईले ७४ जनाको ज्यान लिइसकेको छ । त्यति धेरै मानिसको ज्यान लिएकै कारण त्यहाँ गाईलाई खतरनाक जनावरको सूचीमा राखिएको छ ।

लण्डनस्थित हेल्थ एण्ड सेफ्टी एक्जिक्यूटिभले जारी गरेको तथ्यांक अनुसार कुकुरभन्दा पनि गाई निकै खतरनाक तथा प्राणघातक देखिएको छ ।

उक्त निकायले किसानहरुका लागि सुझाव जारी गर्दै आफ्नो घरका गाई तथा पशुहरुलाई सडकमा नछाड्न आग्रह गरेको छ ।- एजेन्सीको सहयोगमा ।


कस्तो लाग्यो ?

यो पनि