चैत १६, २०८०, शुक्रबार
               

पहिलोपटक विश्वकै ठूलो हिम चट्टानको तस्बिर खिच्न सफल

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

विश्वकै सबैभन्दा ठूलो हिमशिला (हिम चट्टान) को तस्बिर लिन आरएएफ विमान सफल भएको छ । एटलान्टिक महासागरका दक्षिणबाट बग्न थाले लगत्तै सो हिम चट्टानको तस्बिर लिइएको हो ।

ए४००एम विमान ४२ सय स्क्वायर किलोमिटरमा फैलिएको हिम चट्टानबाट निकै नजिक हुने गरी उडेर तस्बिर लिएको हो । ए६८ए नामको सो हिम चट्टान विश्वकै सबैभन्दा ठूलो हिम चट्टान हो ।

तस्बिरमा देखिएअनुसार सो चट्टान विभिन्न स्थानमा चर्किएको छ भने धेरै धाँजा फाटेको छ । त्यसका केही हिस्साहरु टुक्रिएका छन् । यस्तै पानीको सहतभन्दा माथि सो हिम चट्टानको मुनि सुरुङ्ग समेत बनेको देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि