चैत १५, २०८०, बिहीबार
               

एउटा आलुको मूल्य १२ करोड !

एजेन्सी
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । एउटा आलुको मूल्य १२ करोड भन्ने सुन्दा पनि पत्याउनै नसकिने तर एक आइरिस सेलिब्रेटी फोटोग्राफरले आइरिस आलुको फोटो १२ करोड रुपैयाँमा बिक्री गरेका छन् ।

केबिन एबोसले आफूले अर्गानिक आलूको फोटो एक अज्ञात युरोपेली व्यवसायीलाई बिक्री गरेको पुष्टि गरेका हुन् ।

उक्त फोटो २०१० मा खिचिएको थियो । त्यसको पोर्टफोलियो सटिबन सपिलबर्ग, माइलक पेलिन, फेसबुकको शेरिल स्यान्डवर्ग तथा मलाला यसुफजईमा पनि समावेश छ । आलुको प्रिन्टको तीन भर्सन रहेको छ ।

आलुको एक भर्सन फोटोग्राफरको निजी संग्रहमा राखिएको छ । अर्को फोटो भने उनले सर्भियाको एक म्युजियममा दान गरेका छन् र तेस्रो अज्ञात व्यवसायीलाई बिक्री गरेका छन् । कसैले आफ्नै घरबाट कलाकृति खरिद गरेको यो पहिलोपटक नभएको एबोशले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामसँग उनले व्यापारीसँगै बसेर दुई ग्लास वाइन पिएको पनि बताएका छन् । वाइन पिउँदाको समयमै व्यापारीले आफ्नो पेन्टिङ मन पराएपछि पेन्टिङ बेचेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई केबिन एबोसले बताएका हुन् ।– एजेन्सीको सहयोगमा


कस्तो लाग्यो ?

यो पनि