बैशाख ०८, २०८१, शनिबार
               

श्रीमतीका १४ जना प्रेमीसँग श्रीमानले मागे एक अर्ब क्षतिपूर्ति

नेपाल फ्ल्यास
भदौ १८, २०७७

ADVERTISEMENT

भारतको कोलकताका एक व्यक्तिले आफ्नी श्रीमतीसँग अवैध सम्बन्ध राख्ने १४ व्यक्तिलाई एक सय करोडको मानहानीको नोटिस पठाएका छन् ।

मिडिया रिपोर्टका अनुसार नोटिस पठाउने व्यक्ति व्यवसायी हुन् र उनले आफ्नी श्रीमतीसँग अवैध शारीरिक सम्बन्ध राख्ने व्यक्तिलाई मानहानीको नोटिस पठाएका हुन् ।

यी व्यक्तिले पठाएको नोटिसमा १४ दिनभित्र पैसा नदिएको खण्डमा उनीहरुविरुद्ध कानुनी कारबाही गरिनेसमेत जानकारी दिइएको थियो ।भारतीय मिडिया नवभारत टाइम्सका अनुसार कोलकोतामा बस्ने यी व्यक्तिलाई आफ्नी श्रीमतीको केही पुरुषसँग अवैध सम्बन्ध भएको शंका थियो । त्यसपछि उनले आफ्नी श्रीमतीको पिछा गर्न थाले र श्रीमतीको सम्पर्कमा रहेका व्यक्तिहरुबारे पत्ता लगाउन थाले ।

उनले १४ व्यक्तिको सूची तयार गरे र उनीहरुलाई सय करोड भारु क्षतिपूर्तिका लागि कानुनी नोटिस पठाए । नोटिसमा ती व्यक्तिले लेखे, ‘तपाईंहरु सबैले मेरी श्रीमतीसँग अवैध सम्बन्ध स्थापित गर्नुभयो । तपाईंलाई थाहा थियो कि उनी विवाहित हुन् । तपाईंहरुलाई मेरो बारे पनि थाहा थियो ।’

नोटिसमा उनले थपे, ‘तपाईंहरुकै कारण मेरो वैवाहिक जीवन बर्बाद भयो त्यसैकारण म तनावमा छु । तसर्थ म तपाईंहरु सबैलाई सय करोड क्षतिपूर्तिको नोटिस पठाइरहेको छु । यो पैसाको भुक्तानी अबको दुई हप्तामा हुनुपर्नेछ । यस्तो नभएको खण्डमा तपाईंहरु सबैजनाविरुद्ध कानुनी कारबाही हुनेछ ।’

यी व्यवसायीले नोटिस पठाउनुका साथै सबै मिलेर सय करोड भारुको व्यवस्था मिलाउनुपर्ने पनि जानकारी दिए । उनले उक्त नोटिसमा आफूले आफ्ना ड्राइभरलाई जासुसीमा लगाएको र उनीहरुविरुद्ध पर्याप्त प्रमाणसमेत जुटाएको जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि