बैशाख २६, २०८१, बुधबार
               

मुसाले कोरेको पेन्टिङको मूल्य डेढ लाख

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

मान्छेले बनाएका पेन्टिङ लाखौँमा  नभई करोडौँमा बिक्ने कुरा त सामान्य नै भइसक्यो । तर यहाँ त मुसाले बनाएको पेन्टिङसमेत डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिकेको छ ।

बेलायतमा एउटा मुसाले आफ्नो पन्जाले बनाएको अमूर्त पेन्टिङ झण्डै डेढ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ । गुस नामक उक्त घरपालुवा मुसाले निकै सुन्दर पेन्टिङ तयार गरेको थियो ।

जेस इन्डसेठ नामकी युवतीले पालेको उक्त मुसाले रङमा पन्जा चोब्दै कागजमा सो पेन्टिङ बनाएको थियो । जेसले आफ्नो मुसालाई कलाकारिता प्रदर्शन गर्नका लागि विषाक्तरहित पेन्ट र कागजको मिनी क्यानभास दिएकी थिइन् । त्यसपछि मुसाले जुन कलाकारिता प्रदर्शन गर्‍यो त्यसबाट जेस तिनछक परिन् ।

गुस नामक मुसाले बनाएको उक्त पेन्टिङलाई जेसले अनलाइनमा बिक्री राखिन् । न्यूनतम २५ डलर मूल्य तोकिएको सो पेन्टिङ खरीद गर्नका लागि बेलायत मात्र होइन अस्ट्रेलिया र दक्षिण कोरियालगायतका देशबाट समेत धेरै मानिसहरूले चाहना व्यक्त गरे ।

अन्ततः उक्त पेन्टिङ १२ सय डलरमा बिक्री भयो । यति महँगोमा पेन्टिङ बिकेपछि ड्रोइल्स्डेनमा बस्ने जेसले आफ्नो मुसालाई अब हरेक हप्ता पेन्टिङमा लगाउने बताएकी छन् ।

सन् २०१८ मा जेसले उक्त मुसा खरिद गरेकी थिइन् । उनीसँग अहिले योसँगै कुल ४ वटा मुसा छन् ।
एजेन्सी


कस्तो लाग्यो ?

यो पनि