बैशाख २०, २०८१, बिहीबार
               

बिरामीको हत्या गर्ने एक नर्स, जसले ८५ बिरामीको गरे हत्या

नेपाल फ्ल्यास
जेठ २७, २०७६

ADVERTISEMENT

नर्सको काम बिरामीको सेवा गर्नु हो । उसले बिरामीलाई हेरचाह गर्छ । स्वस्थ्य बनाउन भरमग्दुर प्रयास गर्छ।

तर जर्मनीका एक नर्स जसले ८५ बिरामीको हत्या गरे । नर्सले गरेको यो हत्या निकै दर्दनाक छ ।

ती अपराधीको नाम निल्स होगले हो । उनको अपराध मानवीय कल्पनाभन्दा पनि टाढाको रहेको थियो ।

घटना जर्मनीको हो । यो घटना सार्वजनिक भएसँगै तहल्का मच्चिएको छ । ती हत्यारा पुरुष नर्सलाई आजीवन कैदको सजाय भएको छ ।

सन् २००० देखि २००५ को बीचमा निल्सले अस्पतालमा विषाक्त सुई लगाइदिएर ८५ जना बिरामीको हत्या गरेका थिए ।

उनीमाथि हत्याका अन्य ६ वटा घटनामा यसअघि नै जन्मकैद भैसकेको थियो । पछिल्लो पटक थप ८० जना विरामीको हत्या गरेको समेत पुष्टि भएपछि उनी विरुद्धको सजाय खप्टिएको हो ।

उनको अपराध प्रमाणित गर्न अन्त्येष्टि गरिसकिएका १ सय ८० वटा लासलाई उत्खनन गरी परीक्षण गरिएको थियो ।

उनले अझै धेरैको ज्यान लिएको आशंका गरिएको छ । त्यो संख्या २ सय भन्दा धेरै हुनसक्ने आशंका पुलिसको छ । ती व्यक्ति अहिले मानसिक अवस्था बिग्रिएको छ । ती नर्स सन् २००५ मा एक बिरामीलाई विषालु सुइ दिँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।

-एजेन्सीबाट


कस्तो लाग्यो ?

यो पनि