बैशाख ०४, २०८१, मंगलबार
               

कोभिड, मानसिक स्वास्थ्य र स्नेहको महत्त्व

चेतन खड्का
जेठ ०४, २०७८

ADVERTISEMENT

विश्व कोभिड महामारीको दोस्रो लहरले आक्रान्त छ । कोभिडका कारणले मानसिक स्वास्थ्यमा धेरै नकारात्मक असर पनि निम्ताइरहेको छ । वैज्ञानिकहरूकाअनुसार अहिलेको दोस्रो लहरको कोभिड झन् घातक र शक्तिशाली छ ।

केही तथ्यहरू

- कोरोना भाइरस डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भयो ।

- विश्वभरका अन्वेषकहरू खोप विकास गर्न काम गरिरहेका छन् । हाल ११५ उम्मेदवार खोपहरू छन् ।

- हालसम्म १५ खोपलाई धेरै देशमा अनुमति र आधिकारिक गरिएको छ ।

- कोभिड भाइरसको परिणाम साढे १६ करोडमा संक्रमण र ३४ लाखभन्दा बढीको मृत्यु भइ सकेको छ ।

कोभिड एक शारीरिक समस्या हो । यसले फोक्सो वा शरीरको कमजोर अंगमा प्रहार गर्ने गरेको छ । तर यो शारीरिक पक्षसँगमात्र सीमित छैन । महामारीसँगसँगै अहिले मानसिक समस्याको रूपमा पनि यसको नराम्रो असर देखाइरहेको छ । हुनत् ८० प्रतिशत रोगहरू मानसिक सोचबाट सुरु भएर हाम्रो शरीरमा प्रवेश गर्ने वैज्ञानिकहरूको तर्क छ ।

नकारात्मक सोच र डरत्रासले हाम्रो शरीरमा हुने न्यूरोकेमिकल/न्यूरोट्रान्समिटर्सहरूको हर्मोनमा समस्या देखाउँछ । हर्मोनको गडबडीका कारणले मानसिक र शारीरिक समस्याहरू हुन्छन् । दिमाग र शरीरबीच गहिरो सम्बन्ध हुन्छ । तसर्थ तनाव, दबाब र अन्य रोगहरूले स्वास्थ्यमा नकारात्मक असरहरू हुन्छ । जस्तै कुनै व्यक्ति एकदमै डर, रिस, आवेग देखाउँछ भने उसको स्वास्थ्यमा एकातिर हर्मोनको गडबडी हुन्छ । र त्यो व्यक्ति झर्किने रिसाउने तथा निराश हुने गर्छ । यसले रोगसँग लड्ने क्षमता पनि कमजोर बनाउँछ ।

मायाको प्रकार भन्नाले सम्बन्धअनुसारको स्नेह, जहाँ  प्रेम हुन्छ । त्यहाँ स्नेह र सम्बन्धभित्रको कर्तव्य लुकेको हुन्छ । स्नेहले हरेक प्राणी जगतको भावना र ममतालाई गाँसेको हुन्छ । झन् हामी मनुष्यमा चेतनाको स्तर अलिक धेरै भएकाले हाम्रो सम्बन्धबीचको स्नेहलाई अलिक हामी आभास गर्न सकिरहेको हुन्छौँ ।

मानसिक स्वास्थ्यका लागि माया र स्नेहको मुख्य महत्त्व हुन्छ । भनिन्छ प्रेम (माया) को कुनै परिभाषा हुँदैन । र यसको कुनै प्रकार पनि हुँदैन । तर, माया आफैँमा एउटा यस्तो अनुभव भने पक्कै हो, जसमा भावना र आत्मीयता जोडिएको हुन्छ । प्रेमको परिभाषाभित्र स्नेह पक्कै लुकेको हुन्छ । जब प्रेम/माया यो शब्द हाम्रो कानमा गुन्जिन्छ, हाम्रो ओठमा आफैँ एउटा मुस्कान आई बस्छ । अनि मनमा न्यानोपनको अनुभूति हामीलाई अवश्य हुन्छ ।

प्रेम भन्ने वास्तविकता प्रेमी र प्रेमिकाको बीच मात्र नभएर, परिवार, नाता, नातेदार, साथी, संगी, छर-छिमेकी, गुरु -विद्यार्थी सबैमा कुनै न कुनै भाव वा प्रकारमा लुकेको हुन्छ । मायाको प्रकार भन्नाले सम्बन्धअनुसारको स्नेह, जहाँ  प्रेम हुन्छ । त्यहाँ स्नेह र सम्बन्धभित्रको कर्तव्य लुकेको हुन्छ । स्नेहले हरेक प्राणी जगतको भावना र ममतालाई गाँसेको हुन्छ । झन् हामी मनुष्यमा चेतनाको स्तर अलिक धेरै भएकाले हाम्रो सम्बन्धबीचको स्नेहलाई अलिक हामी आभास गर्न सकिरहेको हुन्छौँ ।

प्रेम (माया) सम्मान हो । विश्वास हो । अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो । तर, प्रेम, करुणा, ममता, स्नेहहरूको कमीले नकारात्मक सोच र डरत्रास अनायासै बढ्दै जान्छ, जसको कारणले हाम्रो शरीरमा हुने न्यूरोकेमिकल/न्यूरोट्रान्समिटर्सहरूको कारण शरीरमा हुने हर्मोनमा समस्या देखाउँछ । हर्मोनको गडबडीका कारणले मानसिक र शारीरिक समस्याहरू हुन्छन् । दिमाग र शरीरबीच गहिरो सम्बन्ध हुन्छ । तसर्थ तनाव, दबाब र अन्य रोगहरूले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।

प्रेम/माया दुई अक्षरले वनेको शब्द हो । जहाँ संसार अटेको हुन्छ । न त यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, न त समात्न नै सकिन्छ । केवल मात्र यसको स्नेहलाई महसुस गर्न सकिन्छ । अनुभूत गर्न सकिन्छ । जब मानिसहरू महसुस गर्ने शब्द खोज्न थाल्छन् । तब एकान्तमा आफैँ हराउँछन् । मायामा मान्छेहरू बाचिरहेका हुन्छन् । भनिन्छ, जाने अमृत हो नजाने विष हो माया । यो फिक्का दुनियाँमा मायाको आभासले गर्दा यो संसार मंगमगाई रहेको छ । माया शब्द नभएको भए सायद यो संसार फिक्का हुन्थ्यो होला । 

मानसिक स्वास्थ्यका लागि विशेष ध्यान दिने पक्ष:

- विज्ञहरूकाअनुसार बिरामीहरूलाई छि छि-दुरदुर गर्नु हुँदैन । यसो गर्दा बिरामीहरूमा असहज अवस्था उत्पन्न हुने गर्दछ । र मानसिक चिन्ताले बिरामीलाई अझै कमजोर बनाउँदछ ।

- सक्ने ठाउँबाट बिरामीहरूसँग गफ गर्नुपर्छ । बिरामीहरूको ध्यान गफले गर्दा रोगप्रतिको चिन्ता र साथसाथै नकारात्मक सोचहरू ६० प्रतिशतले हराएर जान्छ । यसले बिरामीको रोगसँग लड्ने क्षमता बढाउने गर्दछ ।

- आफैँलाई समय दिनुपर्छ । दया र आदरको साथ आफैँलाई र परिवारलाई राम्रो व्यवहार गर्नुपर्छ । र आत्मालोचनाबाट सतर्क रहनुपर्छ ।

- आफ्नो शरीरको ख्याल राख्नुपर्छ । पौष्टिक खाना खानुपर्छ । प्रशस्त पानी पिउनुपर्छ । नियमित व्यायाम गर्नुपर्छ जसले गर्दा उदासीनता र चिन्ता कम गर्न मद्दत गर्दछ र मुड सुधार गर्दछ । पर्याप्त निद्रा पाउनुपर्ने हुन्छ । अनुसन्धानहरूकाअनुसार निद्राको अभावले मानिसहरूमा उच्च उदासीनताको जोखिम हुन सक्छ ।

- अनुसन्धानअनुसार राम्रो विचार भएको मानिसहरूसँग संगत गरियो भने बलियो परिवार वा सामाजिक समर्थन दरो भएका व्यक्तिहरू सामान्यतया स्वस्थ हुन्छन् ।

- सहायता खोज्नु शक्तिको संकेत हो, कमजोरी होइन । उचित हेरचाह पाउने व्यक्तिहरू मानसिक रोग र लतबाट मुक्त हुन सक्दछ । शुद्ध जीवन जिउन सक्छन् । हामीले यो कुरा ख्याल राख्नु महत्त्वपूर्ण छ किनकि उपचारको माध्यमसँगै प्रभावकारी हुने गर्छ ।

विभिन्न युगमा विभिन्न विद्वानले मायाको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन् । जति मायाको परिभाषा बुझ्दै गयो त्यति यो मायाको गहिराइले हामीलाई डुबाउँदै जान्छ । मानिसहरूले भन्ने गर्छन् माया नि:स्वार्थ छ । भनौँ भने माया स्वार्थ पनि लुकेको हुँदो हो । मायामा छलकपट हुँदो हो । तर राम्रो सोच र विचार सफा हुँदो हो भने संसारको ७५ प्रतिशत रोगहरू त्यसै हराएर जान्थ्यो होला । हामीले अहिले देखेको भोगेको रोगहरू चाल पाउने पनि थिएनौँ होला । प्रेम (माया)ले सम्बन्ध र मानसिक स्वास्थ्यमा धेरै गहिरो सकारात्मक प्रभाव पर्छ ।

माया, स्नेहले नै धेरै मानवको जीवन राम्रो भएको  छ । नतिजा सुखद आएको छ । माया शब्द सुन्ने बित्तिकै मोह अनि जिन्दगी सम्झनेहरूको जमात मात्रै होइन, एउटा जिम्मेवारी र कर्तव्यको पनि बोध गराउँछ । हामी स्नेहको उद्देश्यहरूका बारेमा सोच्ने हो भने मात्र पनि हाम्रो शरीरभित्र डोपामाइन हर्मोन उत्पादन हुन काफी हुन्छ । जसले हामीलाई उत्साहित महसुस गराउँछ र हामी आफूले गर्न सक्ने कामहरू अल्छी नभइकन फुर्तिलो भएर गर्छौँ । यसैले, जब हामी  माया र स्नेह महसुस गर्छौँ, हाम्रो मस्तिष्कले हामीलाई अधिक डोपामाइन प्रदान गर्दछ । जसले हामीलाई तीव्र आनन्दको रूपमा खुसीहरू अनुभव गराउँछ ।

राम्रो सम्बन्ध जसमा माया, करुणा, ममता, स्नेह हुन्छ त्यसले स्वास्थ्यमा धेरै फाइदाहरू दिन्छ । 

फाइदाहरू:

- हाम्रो आयु अर्थात बाच्ने उमेर बढ्छ

- हामी छिटो निको हुन्छौँ

- हाम्रो रक्तचाप राम्रो अवस्थामा हुने गर्छ

- हामीमा हुने  प्रतिरक्षा प्रणाली प्रबल हुन्छ, जसले प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ रोगहरूसँग लड्न सहज हुन्छ

- हाम्रो शरीर फिट हुन्छ

- हामी राम्रो हृदय स्वास्थ्यको आनन्द लिन्छौँ

- हामी दुखाइ कम महसुस गर्दछौँ

कोभिडको कहरले दुनियाँ नै त्रसित र भयभीत बनाइरहेको छ । यसले हाम्रो देश, प्रदेश, जिल्ला, समुदाय, टोल, छिमेक, परिवार सबैमा प्रभाव जमाएको छ । कोभिड यस्तो भयो, जसले संक्रमितको अनुभूति त परै जाओस् सहानुभूति समेत पाउन गारो भइरहेको छ । यसको कारण यो संक्रमणप्रतिको डर र त्रास । तर, कोभिडको गलत बुझाइले मानिसहरूमा उदासीनता र चिन्ता देखिइरहेको छ । कोभिड पोजेटिभ लागेको थाहा पाउने बित्तिकै कोरोनाको बिरामी हृदयाघात भएर मृत्यु भएकोसमेतका समाचार आएका छन् ।

अहिलेको संवेदनशील समयमा हामीले आफ्नो मनोबल उच्च बनाउनु पर्छ । संक्रमणको गलत बुझाइ र डरले झन् स्वास्थ्यमा समस्या आउँछ । त्यसैले एक-अर्काको ख्याल र हेरचाह गर्नु पर्ने हुन्छ ।   

माया, स्नेहको महत्त्व जहाँ कहीँ नै हुन्छ । यो जीवनको ऊर्जा हो । महामारीको घडीमा बिरामी र स्वस्थ सबैलाई माया र स्नेहको खाँचो हुन सक्छ । त्यही भएर सक्ने र हेरचाह गर्न मिल्ने ठाउँबाट सक्ने सहयोग र साथ दिनु पर्छ । संक्रमितलाई पैसा दिएर मात्र सहयोग पुग्दैन ।माया र आत्मीयताको खाँचो पर्छ । असल व्यवहार, बोलचाल र हौसला दिनुपर्छ । माया र स्नेह जहाँ बास हुन्छ त्यहाँ मानिसमा स्वस्थ बन्न सक्ने ताकत हुन्छ । जहाँ प्रेम र सदभाव हुन्छ, त्यहाँ मानसिक स्वास्थ्य स्वस्थ हुन्छ ।

लेखक मनोविद् हुन् ।

कस्तो लाग्यो ?

यो पनि