कात्तिक ३०, २०८१, शुक्रबार
               

कोरोनाको नियोजित आतंक र विद्यालय शिक्षा तहसनहस गर्न उद्यत शिक्षा मन्त्रालय

ADVERTISEMENT

यो धर्तीमा पहिलोपटक मानिसहरू मरेका हुन् र ?

कोरोनाले पहिलोपटक मानिसहरू मारेको हो र ! यो भन्दा अगाडि कहिले पनि मानिसहरू मर्दैन थिए र ? के अरू कारणले मरेका छैनन् ? गएको ६ महिनामा विश्वभर ६ लाख मानिसको मृत्यु कोरोनाबाट भएको देखाइएको छ । देखाइएको संख्यामा पनि कोरोनाका कारणले मात्र मर्ने यकिन गर्न बाँकी नै छ । तथ्यांक विश्लेषण एवं वैज्ञानिक आधार हेर्दा न्यून संख्यामात्र कोरोनाबाट मानिस मरेका छन् । ६ महिनामा ६ लाख (नै मान्दा) मर्दा विश्व नै बन्द गर्ने ? प्रत्येक दिन विश्वभर १ लाख ५० हजार मानिसहरूको मृत्यु हुन्छ । एक महिनामा ४५ लाखको मृत्यु हुने गर्दछ । यो ६ महिनामा करिब तीन करोड मानिसहरूको मृत्यु भइसकेको छ । अब ६ लाख मर्दा विश्व बन्द गर्ने भए ३ करोड मानिसको मृत्यु भएकोमा कहाँ–कहाँ बन्द गरियो त ? ३ करोड भनेको ६ लाख भन्दा ५० गुणा बढी हो । ६ लाखमा पृथ्वी बन्द गर्ने भए ३ करोडको लागि ५० वटा पृथ्वी कहिले र कहाँ बन्द गरिएको छ ! कृपया बताइदिनुहोला । ६ लाख मर्दा महामारी भनिन्छ भने ३ करोड मर्दा के भन्नु पर्‍यो प्रस्ट्याइ दिनु पर्‍यो ।

बलजफ्ती  वैज्ञानिक आधार र तथ्यहरूले प्रमाणित नै भइसकेको लगभग शून्य प्रतिशत जोखिममा रहेको विद्यालय क्षेत्रलाई कहिलेसम्म 'डाउन' गर्ने ? कोरोनाको भ्रमबाहेक डराउनु पर्ने केही प्रमाण वा कारण छ त ?

अहिलेसम्म विश्वभर १ करोड ४८ लाख भन्दा बढी कोरोना संक्रमित छन् जसमध्ये ६ लाख १४ हजारको मात्र मृत्यु भएको देखाइएको छ । करिब ९० लाख बिना औषधि ठीक भएर घर फर्किसकेका छन् । बाँकी करिब ५२ लाखभन्दा बढी बिना औषधि निको भएर छिट्टै घर फर्किँदै छन् । १ करोड ४८ लाख संक्रमितमध्ये बिना औषधि करिब १ करोड ४२ लाख मानिसहरू ठीक भएर घर फर्किने रोगका बारेमा यति बिघ्‍न सन्त्रास फैलाएर अनिवार्य टेस्टको होड्बाजी गर्नु पर्ने किन ?

कोरोनाबाट यर्थाथमा मृत्युको संख्या पनि बढी देखाइएको छ । त्यसमध्ये ड्रग्स सेवन, भेन्टिलेटरको प्रयोग, डरत्रास, जटिल एवं दीर्घरोगले मृत्युको मुखमा पुगिसकेकाहरूको मृत्यु करिब ९९ प्रतिशत भएको छ । कोरोनाबाट मात्र मृत्यु हुनेको संख्या करिब १% भनेको ६ लाखको ६ हजार मात्र हुन आउँछ । यो तथ्यांक इटलीको नेशनल इन्स्टिच्युट अफ हेल्थ एवं वैज्ञानिक तथ्यले प्रमाणित गरिसकेको छ ।

हर्ड इम्युनिटी

मानव शरीर एक अनौठो यन्त्र हो जसले आफूलाई समय, परिस्थिति र वातावरण अनुकूल ढाल्दै (एडजस्ट गर्दै) लैजान्छ । गर्मी ठाउँमा बस्ने मानिस जाडो ठाउँमा गएर बसेपछि शरीरले चिसो एडजस्ट गर्दै लग्छ । तर, बस्नु छ जाडोमा अनि गर्मी ठाउँमा बसेर अभ्यास गर्दा के हुन्छ ? काम लाग्दैन । यसलाई acclimatization भनिन्छ । कुनै मानिसलाई पौडी खेल्न सिकाउन पानीमा गएर सिक्ने हो । पानी नभएको ठाउँमा पौडी खेल्न सिकिन्छ र ?
त्यस्तैले भाइरससँग लड्न त शरीरमा भाइरसको संक्रमण भएपछि पो शरीरले त्यसलाई कसरी सम्हाल्ने वा प्रतिरोध गर्ने वा मार्ने भनेर त्यसै अनुरूप एन्टिबडी तयार गर्दछ । र सोही एन्टिबडीका कारण हामी भाइरससँग अनवरत रूपमा सुरक्षित हुने हो । यसर्थ, भाइरससँग टाढा भएपछि भाइरससित कसरी लड्ने ? व्यवहारिक रूपमा, हाम्रा लागि हानिकारक भाइरससँग लड्न आवश्यक अभ्यास भाइरसको समिप्यतामा रहेर गर्न जरुरी छ ।

हर्ड इम्युनिटी भनेकै कुनै पनि वातावरणसँग कसरी एडजस्ट हुने भनेर शरीरले आफूलाई अनुकूल बनाउनु हो । तर वातावरणबाट अलग बनाएर राख्दा भोलि त्यही वातावरणमा शरीरलाई एडजस्ट हुन गाह्रो हुन्छ । तसर्थ हर्ड इम्युनिटी अनुसरण गर्दा इम्युनिटी बलियो भएका मानिसहरू भाइरससँग सम्पर्कमा आउँदा भाइरसहरूलाई तह लगाउने एन्टिबडी तयार गर्दै लग्ने भएकाले भाइरसको संक्रमण पनि कम हुँदै जान्छ । यसरी बलियो इम्युनिटी भएका मानिसहरूबीच कमजोर इम्युनिटी भएको मानिसको पनि इम्युनिटी स्वत: बढेर जान्छ । र, उसको शरीरको इम्युनिटीले पनि सजिलै भाइरसलाई तह लगाउँछ । तर यसको ठीक विपरीत विद्यार्थीहरूलाई स्कुल/कलेज बन्द गराई पढ्ने/सिक्ने र आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गराउँदै जबरजस्ती इम्युनिटी कमजोर पार्ने तथा सबैलाई रोगी बनाउँदै सम्पूर्ण भविष्य नै समाप्त बनाउने जघन्य अपराध गर्न उद्यत देखिन्छन् सरोकारवालाहरू ।  

यही काम अहिले डब्लुएचओको आदेशमा नेपाल सरकारले गरिरहेको छ । यसबाट एकातिर हाम्रो इम्युनिटी खत्तम पार्दै छ भने अर्कोतिर यही मौका हो भन्दै देशको सम्पत्ति एवं वैदेशिक ऋणमाथि ब्रह्मलुट भइरहेको छ ।

कोरोना लागेका मानिसहरू बिना औषधि ठीक भएर गइरहेको बेला यो जबरजस्ती गर्ने कार्य आतंकवाद बाहेक अरू केही नभएको संसारभर सिद्ध भएको छ । यो कोरोना महाआतंक पछाडिका खेलाडीहरू डब्लुएचओ, बिल गेट्सलगायतका विरुद्ध संसारभर कारबाहीको माग भइरहेको छ ।

लकडाउन नगरिएका २२ देशमा संक्रमण र मृत्यु धेरै न्यून देखिएको छ । सम्भवतः खुला र सन्त्रासरहित वातावरणका कारणले मानिसमा सकारातम्क मनोवैज्ञानिक प्रभाव पर्ने निश्चित छ । दृढ मनोविज्ञान र इच्छाशक्तिले गर्दा मानिस समूहमा रहँदा हर्ड इम्युनिटीको वृद्धि भएर कोरोनालाई सामान्यीकरण गर्नमा सहयोग पुग्ने देखिएको छ । यसबाट त्यहाँका मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढेको पुष्टि हुन्छ ।

तीन/चार दशकअघि मास्कलगायत कुनै पनि प्रोटेक्टिभ ड्रेस लगाएर स्वास्थ्यकर्मीहरू बिरामीहरूको अगाडि जान पाउँदैन थिए । किनभने, यस्तो प्रयोगले भाइरसको आक्रमणको जोखिम थियो । बिरामीहरूलाई मानसिक रूपमा धेरै नै कमजोर बनाउने कारणले पनि डाक्टर तथा नर्सले पनि बिरामीहरूको परीक्षण एवं रेखदेखमा मास्कलगायत अन्य कुनै पनि प्रोटेक्टिभ सामग्री लगाउन निषेध थियो ।

क्षयरोगको कीटाणु (ब्याक्टेरिया) कोरोनाभन्दा धेरै गुणा खतरनाक भए पनि क्षयरोगका बिरामीहरूलाई भेट्न जाँदा कसैले पनि प्रोटेक्टिभ ड्रेसको प्रयोग गर्दैन थिए । न त यसमा विशेष सामाजिक दुरी नै लागू गरिएको थियो । डाक्टरहरू बिरामीसँगै गएर बस्ने गर्दथे । यस किसिमका मानवीय व्यवहारले बिरामीको मानसिकतामा सकारात्मक प्रभाव परी रोगबाट मुक्त हुन ठुलो मद्दत पुग्दछ । डाक्टरलाई मानवताको प्रतिविम्वका लिइन्छ । बिरामी एवं आम मानवका लागि ईश्वरीय वरदानका रूपमा हेरिएकोमा कोरोनाको षड्यन्त्रको खेल र अस्पतालको वातावरणले अब स्वास्थ्यकर्मीहरू डरलाग्दो रुपमा चित्रित हुन पुगेका छन् ।

सरकारको कामकारबाही मुलुकका कर्णधार नवप्रतिभालाई प्रस्फुटित हुने वातावरण तयार गर्ने हो । शिक्षालयको आधारभूत सिकाइको निरन्तरतामा सहयोगी र रचनात्मक बनिदिनू पर्ने हो । तर सरकार उनीहरूको सिकाइमा ठेस पुर्‍याई देशका कर्णधार हालका पिढीलाई नै निकम्पा बनाउन उद्यत छ ।

शिक्षा मन्त्रालय एवं नेपाल सरकार

१. सर्वप्रथम वैज्ञानिक तथ्यले प्रमाणित गरेको भनेको यो कोरोना एक कमजोर भाइरस भएकाले इम्युनिटी कमजोर भएकालाई मात्रै यसले प्रभाव पार्दछ । अवश्य पनि विद्यालय शिक्षासँग सम्बन्धित उमेर समूहका केटाकेटीहरूमा इम्युनिटी बलियो हुन्छ । विद्यालय शिक्षाको उमेर समूहमा यसको असर शून्य प्राय छ । यो विश्वव्यापी रूपमा घाम जस्तै छर्लङ्ग भइसकेको छ । त्यसैले गर्दा विद्यालय शिक्षा खोल्नु पर्ने कि नपर्ने छलफल नै गर्न आवश्यकता देखिँदैन । बलजफ्ती  वैज्ञानिक आधार र तथ्यहरूले प्रमाणित नै भइसकेको लगभग शून्य प्रतिशत जोखिममा रहेको विद्यालय क्षेत्रलाई कहिलेसम्म 'डाउन' गर्ने ? कोरोनाको भ्रमबाहेक डराउनु पर्ने केही प्रमाण वा कारण छ त ?

२. युरोपका जर्मनी, बेल्जियम, अस्ट्रिया, फिनल्यान्ड, नर्वेलगायत २४ वटा देशले विद्यालय खोलिसकेको केही दिनपछि बालबालिकामा गरिएको परीक्षणमा कोरोना संक्रमण शून्य देखियो । अमेरिकी रिपब्लिकन सिनेटर र्‍याण्ड पलले यही रिपोर्टलाई आधार बनाएर विद्यालय खोल्न नदिने चलखेलबारे मुख खोलेका छन् । सिनेटर पलले अमेरिकाको नेशनल इन्स्टिच्युट अफ इन्फेक्सन डिजिजका प्रमुख डा. एन्थोनी फौसी र सीमित/सिन्डिकेट विज्ञहरूको जमातले सदैव डर र त्रास मात्र फैलाउने काम गरेको संगीन आरोप लगाएका छन् । स्कुल जस्तो अनवरत चल्नु पर्ने संस्थाहरूलाई खोल्ने नदिने षड्यन्त्र भएको आरोप पनि उनले लगाएका थिए । पछिल्लो समयमा अमेरिकामा विद्यालयहरू खुलाइएको छ । लकडाउन नै नगरीकन स्विडन, जापानलगायतले त झनै विद्यालयको प्रत्यक्ष सिकाइलाई कहिले पनि बन्द गरेनन् । न त लकडाउन नै गरे न त आर्थिक तथा शैक्षिक क्षेत्र बन्द । सतर्कताका साथ विद्यालयहरू सञ्चालन गर्दै आम जनजीवन सामान्य बनाउँदै कोरोनासँगको लडाइँमा सजिलै पार पाए ।

३. अस्ट्रेलियमा कोभिड–१९ महामारीको सुरुकै दिनदेखि नै विद्यालयहरू अनवरत सञ्चालनमा छन् । यद्यपि आंशिकरुपमा लकडाउन गरेका थिए । स्वास्थ्य जस्तै विद्यालय शिक्षा केटाकेटीहरूको सामाजिकीकरण गर्न अब्बल माध्यम भएको भन्दै विद्यालय बन्द नगर्ने निष्कर्षमा पुगे । साथै, विद्यालय उमेर समूहका केटाकेटीहरूको रोग प्रतिरोधात्मक क्षमता उच्च हुने भएकोले उनीहरूमा कुनै जोखिम नरहेको भन्दै प्रधानमन्त्री स्टक मोरिसनले आफ्ना जनतालाई बारम्बार सम्बोधन गर्दै ५५ वर्षभन्दा माथिका र संवेदनशील विद्यार्थी र कर्मचारीबाहेक सबैलाई विद्यालय सञ्चालन गरी अध्ययन अध्यापन जारी राख्न आदेश दिए । चीन तथा लकडाउन नै नगरेका २२ वटा देशले स्कुलहरू सञ्चालनमा ल्याएका छन् ।

४. शैक्षिक जगतमा विश्वविद्यालयका कतिपय कार्यक्रमहरू आफैमा भरच्युअल लर्निङका रूपमा सञ्चालन गर्नुपर्ने हुन्छ । यसैलाई आत्मसाथ गर्दै मुलुकमा दूर शिक्षालाई संस्थागत गर्न विश्वविद्यालय नै स्थापित गरिएको छ । जसको कुलपति स्वयं शिक्षामन्त्री नै हुनुहुन्छ । अतः जिम्मेवारीका हिसाबले एवं एक निश्चित समयावधिमा आफ्नै पहल र नेतृत्वमा आफ्नो सिकाइ र खोजलाई मूर्तरूप दिनुपर्ने भएकाले पनि दूर शिक्षा/अनलाइन उनीहरूको आवश्यकता र भरपर्दो माध्यम भएको छ । जुन सन्दर्भ विद्यालय शिक्षामा सम्भव छैन । त्यसैले विद्यालय शिक्षामा प्याडागोजीलाई महत्त्व दिइन्छ भने विश्वविद्यालय शिक्षालाई एन्ड्रागोजीलाई । अतः विद्यालय शिक्षामा प्रत्यक्ष सिकाइ नै प्रभावकारी रहन्छ ।

५. विद्यालयलाई समाजको एक प्रतिविम्ब 'ए मिनियचर सोसाइटी'को रूपमा चित्रण गरिन्छ । केटाकेटीहरूको नैसर्गिक रूपमा रहेको सिकाइ निरन्तरता, खेलकुद र समूहगत क्रियाकलाप अपरिहार्य आवश्यकता हो । यसले झनै उनीहरूको समूहमा हुने हर्ड इम्युनिटीलाई बढावा दिई रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ । दैनिक असल अभ्यासलाई निरन्तरता दिँदा उक्त क्रियाकलाप कालान्तरमा विद्यार्थीहरूको एक प्रकृति र नियति बन्दछ । त्यसैले विद्यालय आफैँमा एउटा पूर्ण समाज हो । जहाँ अहिलेको एकदमै व्यस्त मानिसहरूलाई आफ्नो कार्य व्यस्तताको कारण बालबच्चालाई सामाजिक तथा व्यवहारिक ज्ञान तथा सीप आफ्नै परिवारमा दिन नसकिरहेको अवस्थामा विद्यालय आफ्नो बालबालिकालाई सामाजिकीकरण गराउने एउटा महत्त्वपूर्ण आधार हो । त्यसैले, सम्पूर्ण मानव निर्माणमा विद्यालयको प्रत्यक्ष सिकाइको विकल्प छैन ।

बालबालिकाहरूको नैसर्गिक अधिकार नै खोसेर जबरजस्ती घरभित्र थुनेर राख्दा उनीहरूमा मानसिक विचलन आउने र इम्युनिटी घटेर जाने निश्चित छ । शुद्ध हावा र सूर्यको किरण सबैभन्दा प्रभावकारी एन्टी भाइरस हो । हावा र घामबाट बञ्चित नगराए भाइरसको जोखिम कम हुने तथ्य शास्वत सत्य भइसकेको छ ।

६. हालसालै गरिएको एक अनुसन्धानले विद्यालय शिक्षाले बालबालिकाको सीप विकास गर्नेमा जोड दिएको छ । साथै बालबालिकाहरू विद्यालयमा रमाउने र उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक पक्षहरूको विकास महत्त्वपूर्ण हुने देखाएको छ ।

७. घर आफैँमा मानव जीवनको पहिलो शिक्षालय हो भने विद्यालय त्यसलाई अन्तिम स्वरूप दिने एक समाज हो ।

८. विश्वव्यापी मान्यताका रूपमा 'विद्यालय एक शान्ति क्षेत्र' हो । विद्यालयमा हुने विद्यार्थीको सिकाइ अनवरत रूपमा चल्नु पर्छ । यो उपनाम कुनै दिवसलाई आलंकारिक रूपमा उत्सव वा औपचारिकता निभाउनका लागि मात्र मनाउने विषय होइन । हदैसम्मको विषम परिस्थिति चाहे त्यो युद्ध वा प्राकृतिक प्रकोपका कारण होस् वा यस किसिमको महामारी/महाआतंक हुँदा पनि विद्यालयको वार्षिक कार्यतालिका न्यूनतम रूपमा कार्यान्वयन हुनु पर्दछ भन्ने मान्यता छ । त्यसैले पनि विद्यालयलाई शान्ति क्षेत्र भन्‍नुको मक्सद् न्यूनतम शैक्षिक पात्रोलाई कार्यान्वयन गराउनु आधारभूत मान्यता हो । सायद यही उद्देश्यका लागि नेपालका राष्ट्रिय स्तरका सबै राजनीतिक दलका नेताहरूले हस्ताक्षर गरी 'विद्यालय एक शान्ति क्षेत्र' भन्ने मान्यतालाई आत्मसात् गरेका हुन् । यसको पछाडि जड विषय भनेको जसरी आजको खाना भोलि खाएर हुँदैन मानिसको जीवन र शिक्षा पनि त्यही हो । मानव विकास र शिक्षा आफैँमा अन्तर्निहित छन् । यो कुनै एउटा कक्षाको सिकाइ अर्कोसँगै गाँसेर गरिने होइन । १५ वर्षको विद्यालय शिक्षालाई १० वर्षमा सकिने कुरा हो त ? अवश्य पनि होइन ।

९. सरकार यसरी नै अन्योलमा रही रहने हो भने विद्यालय शिक्षाको यो वर्ष खेर जानेमा दुइमत छैन । विभिन्न देशमा लकडाउनकै अवस्थामा पनि विद्यालय खुलेको उदाहरण प्रशस्त छन् । नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले अझै पनि त्रासको खेती गर्ने हेतुले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धी निर्देशिकाले प्रस्टसित मार्ग नदिएर हिजोको एकात्मक र केन्द्रीकृत शैलीको डबल स्ट्यान्डरको दस्ताबेज प्रस्तुत गरेको छ । त्यसैले संवैधानिक व्यवस्था र व्यवहारिक हिसाबले विद्यालय प्रशासन, शिक्षक, अभिभावक र स्थानीय सरकारको समन्वयमा विद्यालय सुचारु गर्नुपर्ने आवश्यकता देखिन्छ । प्रत्येक विद्यालयले आफ्नो मातहतमा रहेको विद्यार्थी स्वास्थ्यको ख्याल गरी विद्यालयलाई सिक्ने र सिकाउने थलो बनाई संसारमा भएगरेका राम्रा अभ्यासलाई अवलम्बन गर्न जरुरी छ ।

१०. बालबालिकाहरूको नैसर्गिक अधिकार नै खोसेर जबरजस्ती घरभित्र थुनेर राख्दा उनीहरूमा मानसिक विचलन आउने र इम्युनिटी घटेर जाने निश्चित छ । शुद्ध हावा र सूर्यको किरण सबैभन्दा प्रभावकारी एन्टी भाइरस हो । हावा र घामबाट बञ्चित नगराए भाइरसको जोखिम कम हुने तथ्य शास्वत सत्य भइसकेको छ ।

११. शरीरलाई चलायमान बनाउँदा र आफ्ना साथीभाइहरूसँगको भेटघाट, रमाइलो, खेलकुदआदिले विद्यार्थी इम्युनिटी बढाउने त छँदै छ नै । यसबाट समग्र मानव विकास मै महत्त्व राख्दछ । तसर्थ स्कुल/कलेज खोल्दा विद्यार्थी झनै सुरक्षित र स्वस्थ हुने हो । अनि जे गर्दा स्वस्थ हुने हो त्यसैबाट वञ्चित गराएर जबरजस्ती अस्वस्थ बनाउने किन ?

आमरूपमा संघीय शासनको अभ्यासले जनतामा नैराश्यता ल्याएकै देखिन्छ भने शिक्षामा भएको खिचातानी त झनै उदेकलाग्दो छ । संघीय शिक्षा ऐन बनाउँदा होस् वा कोभिड–१९ को महाआतंकका कारण बन्द विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ ल्याउँदा, त्यसमा सरकारको अन्योल, भ्रम र गतिहीनता प्रष्ट झल्कन्छ । कोरोनाका कारणभन्दा पनि मन्त्रालयको गैरजिम्मेवार हर्कतले विद्यार्थीले पाउनु पर्ने प्रत्यक्ष सिकाइको व्यवस्थापनमा अन्योल भएको छ । विश्वविद्यालय, प्राविधिक शिक्षालय एवं विद्यालय शिक्षालाई दिनुपर्ने नेतृत्व/अभिभावकत्व दिन नसकेर बारम्बार असफल भई लाचार र निकम्मा केन्द्रीय शिक्षा मन्त्रालय नै खारेज गर्दा देशको शिक्षाले गति र दिशा पाउँछ कि ?

लेखक कर्णबहादुर शाही पाणिनि स्कूलका प्रिन्सिपल हुन् । डा. पूर्ण शाही प्राकृतिक चिकित्सक हुन् ।

कस्तो लाग्यो ?

यो पनि