बैशाख ०८, २०८१, शनिबार
               

एनआरएनए निर्वाचन : उम्मेदवारहरू चुनावी दौडधुपमा

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

एजेन्सी । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन नजिकिँदै जाँदा नेतृत्व लिन आकाङ्क्षी उम्मेदवार चुनावी दौडधुपमा लागेका छन् ।

आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनलाई लक्षित गरेर उम्मेदवारले प्रचारप्रसार थालेका  हुन् । यसै सन्दर्भमा हाल युरोप क्षेत्रीय उपसंयोजक रहेका कृष्ण तिमल्सिनाले युरोप क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । युरोपेली मुलुकका २७ देशलाई समन्वय गर्ने युरोप क्षेत्रीय संयोजक महत्वपूर्ण जिम्मेवारी हो ।

उनी नवौँ महाधिवेशनमा लोकप्रिय मतका साथ युरोप क्षेत्रीय उप संयोजकमा निर्वाचित भएका थिए । उनले संस्थाका समय सान्दर्भिक सवाललाई पूर्णता दिन आफूले उम्मेदवारी दिने जानकारी दिए । धादिङबेँसी नीलकण्ठ–१४ स्थायी घर भएका उहाँ २० वर्षदेखि बेलायतमा बसोबास गर्दै आएका छन् । सन् २००७ देखि एनआरएनएमा आवद्ध उनले एनआरएनए केन्द्रीय सदस्य (२०१५–०१७), सङ्घको अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्द्धनसम्बन्धी समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

गैरआवासीय नेपाली सङ्घ युकेको सल्लाहकार (सन् २०१७) रहिकेका उनी त्यसअघि गैरआवासीय नेपाली सङ्घ युके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली सङ्घ युके कार्यसमिति सदस्य (सन् २०११–०१३) को भूमिकामा रहेका थिए । त्यस्तै उनी सन् २०१७ देखि २०१९ को कार्यकालका लागि अध्यक्ष प्रत्यासी समेत रहेका थिए ।

एनआरएनएका हालका अध्यक्षदेखि पूर्वअध्यक्ष र संस्थाका सबै अभियानकर्मीसँग निकट सम्बन्ध रहेका उनको युके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ ।

चुनावी अभियानमा जुटेको र नेपालमै आएर छिट्टै औपचारिकरुपमा प्रतिबद्धता सार्वजनिक गर्ने उनले जानकारी दिए । त्यसैगरी एनआरएनएको युरोप क्षेत्रीय उपसंयोजक पदमा सागर लामाले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काभ्रेपलाञ्चोक स्थायी घर भएका लामा लामो समयदेखि आयरल्याण्डमा बसोबास गर्दै आएका छन् । सन् २००३ देखि संस्थामा आवद्ध उनको विभिन्न व्यवसायमा लगानी छ । हेल्प नेपाल नेटवर्क आयरल्यान्डको संयोजक भइसकेका उनले अहिले हस्तकलाको व्यवसायमा आवद्ध  रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि