बैशाख २३, २०८१, आइतबार
               

एनआरएन दसौँ विश्व सम्मेलन आयोजक समिति गठन

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

सरकारले गैरआवासीय नेपाली संघ (एनआरएन)को दसौँ विश्व सम्मेलनका लागि आयोजक समिति गठन गरेको छ ।

परराष्ट्रमन्त्री अध्यक्ष रहने गरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, लगानी बोर्ड, राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर अफ कमर्स, गैरआवासीय नेपाली संघका प्रतिनिधिलगायत सदस्य रहेका छन् ।

विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि र पहुँचलाई मुलुकको आर्थिक, सामाजिक विकासमा परिचालन गर्ने नीतिलाई सरकारले उच्च प्राथमिकतामा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हरेक दुईदुई वर्षमा हुने एनआरएनको विश्व सम्मेलन कात्तिक ६-८ गते हुने कार्यक्रम छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि