बैशाख २१, २०८१, शुक्रबार
               

पाकिस्तानको दक्षिणी प्रान्तमा रकेट लञ्चर विस्फोट, आठ जनाको ज्यान गयो

नेपाल फ्ल्यास
असोज ११, २०८०

ADVERTISEMENT


काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् ।

ज्यान गुमाउने र घाइते सबै एकै परिवारका रहेका छन् । कान्धकोटका वरिष्ठ प्रहरी उपरीक्षक रोहेल खोसोका अनुसार घटनामा पाँच जना बालबालिका र दुई महिलासहित आठ जनाले ज्यान गुमाएका छन् ।

बालबालिकाले रकेट लञ्चर खेतमा फेला पारेर घरमा लगेको र हिजो विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

घाइते भएकाको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वामा उल्लेख छ । जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि