बैशाख १७, २०८१, सोमबार
               

बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न चीनमा रोक

नेपाल फ्ल्यास
साउन ३१, २०८०

ADVERTISEMENT

काठमाडौं । बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न चीनले  रोक लगाएको छ । 

हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीमा उल्लेख छ । 

गएको जुनमा चीनका सहरी क्षेत्रमा १६ देखि २४ वर्ष उमेर समूहका युवामध्ये २१ दशमलव ३ प्रतिशत बेरोजगार रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले पछिल्लो पटक अर्थतन्त्रका सूचकहरूको मासिक स्थिति सार्वजनिक गरे पनि यो उमेर समूहको बेरोजगारीबारे तथ्याङ्क सार्वजनिक गरेको छैन । 

सन् २०१८ मा चीनले उमेर समूहको बेरोजगारीको तथ्याङ्क प्रकाशित गर्न थालेको थियो ।

चीनमा कोरोना महामारीपछि आर्थिक सुधार भने कछुवा गतिमा रहेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि