बैशाख १७, २०८१, सोमबार
               

अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ थालेको छ । अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ । विद्युतीय चिप र सैन्य उपकरणको उत्पादनका लागि ग्यालिअम र जर्मेनिअम प्रयोग हुन्छन् ।

अमेरिकाले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा बेइजिङको पहुँचलाई सीमित पार्न थालेपछि चीनले पछिल्लो कदम चालेको ठानिएको बीबीसीमा उल्लेख गरिएको छ । चीन विश्वभरि ग्यालिअम र जर्मेनिअमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । साथै चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा लिइन्छ ।

चीनले विश्वमा प्रयोग हुने ८० प्रतिशत ग्यालिअम र ६० प्रतिशत जर्मेनिअम उत्पादन गर्ने गरेको छ । गएको महिना पेन्टागनका प्रवक्ताले अमेरिकासँग जर्मेनिअमको पर्याप्त भण्डार भए पनि ग्यालिअमको सञ्चिति नभएको बताएका थिए । 


कस्तो लाग्यो ?

यो पनि